पूर्वराजा फेरि भारत जाने
काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाह फेरि भारत जाने भएका छन् । पूर्वराजा भारतमा रहेको जगन्नाथ पुरीको दर्शनका लागि भारत जान लागेका हुन् । उनी जगन्नाथको दर्शनका लागि विशेष पाहुनाका रुपमा त्यहाँ जान लागेका हुन् ।
गोवर्धन पीठमा निर्माण हुन लागेको भगवान विमलाको नयाँ मन्दिर निर्माण कार्यको उद्घाटनका लागि ज्ञानेन्द्र तीन दिन सम्म बस्ने कार्यक्रम रहेको छ । कार्यक्रम आगामी जनवरी १८ देखि २० सम्म सञ्चालन हुनेछ ।