सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी

महेन्द्रनगरः सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्र्तगत विज्ञान तथा प्रविधि संकायका विद्याथीले विश्वविद्यालयको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् ।

आफूहरुले राखेका माग सम्बोधन नभएको भन्दै संकायका विभिन्न सेमेष्टरमा अध्ययनरत विद्यार्थीले तालाबन्दी गरेका हुन् । उनीहरुले विश्वविद्यालयमा विद्यार्थीका समस्या समाधान गर्न नसक्ने उपकुलपति र रजिष्टारले राजीनामा दिनुपर्ने बताएका छन् ।

बुधबार विद्यार्थीले १ घण्टा कार्यालय परिसरमा उपकुलपति र रजिष्ट्रारले राजीनामा दिनुपर्ने भन्दै उनीहरुका विरुद्व नाराबाजी समेत गरेका थिए । उनीहरुले माग सम्बोधन नभएसम्म आन्दोलन फिर्ता नलिने बताएका छन् ।

विद्याथीको आन्दोलनका कारण विश्वविद्यालयको कामकाज प्रभावित भएको छ । ‘संकायमा पढाई शुरु भएदेखी नै कक्षा कोठाको अभाव छ' भौतिक शास्त्र संकायको चौथो सेमेष्टरमा अध्ययनरत विद्यार्थी गंगादत्त भट्टले भने,‘ शुरुवात देखी नै कक्षा कोडाको उचित व्यवस्था गर्न भन्दै आएका छौं तर सुनुवाई नै हुँदैन' ।

उनले विज्ञान तथा प्रविधि संकायमा पढ्ने विद्यार्थीका लागि आधुनिक उपकरण सहितको ल्याब, पुस्तकको अभाव, शैक्षिक क्यालेन्डर लागु नभएको, अध्ययन केन्द्रको अभाव लगायतका समस्या रहेको बताए ।
‘समस्या समाधानका लागि धेरै पटक उपकुलपति सहितका पदाधिकारीलाई जानकारी गराईयो' अर्का विद्यार्थी दिपेन्द्र नाथले भने,‘ अहिलेसम्म विश्वविद्यालयले ध्यानै दिएन' । मागको वेवास्ता गरेपछि आन्दोलनमा उत्रिनुपरेको विद्यार्थीले बताएका छन् ।

विश्वविद्यालयका पदाधिकारी बढिजसो काठमाडौंमा बस्ने गरेकाले विश्वविद्यालयमा समस्या बढ्दै गएको विद्यार्थीको बुझाई छ । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय र क्याम्पसमा पटक–पटक विभिन्न माग राखेर आन्दोलन, प्रदर्शन र तालाबन्दि हुदै आएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.