प्यूठानमा महिलाले निकाले लाठ्ठी जुलुस

प्यूठानमा महिलाले निकाले लाठ्ठी जुलुस

प्यूठानः संविधान संशोधन प्रस्तावविरुद्ध प्यूठान सदरमुकाम खलंगामा बुधवार महिलाले लाठ्ठी जुलुस निकालेका छन् । सरकारले प्रदेश नम्वर पाँचबाट प्यूठान सहित पहाडी जिल्लालाई टुक्र्याउन खोजेकाले यसको विरोधमा लाठ्ठी जुलुस निकालेका हुन् ।

महेन्द्र नमुना माविदेखि जिल्ला प्रशासन कार्यालयको गेटसम्म सरकारविरुद्ध नारासहित जुलुस निकालिएको संयुक्त संघर्ष समितिका संयोजक एवं राप्रपा महिला नेत्री लक्ष्मी श्रेष्ठले बताइन् । ‘सरकारले जनतालाई दुःख दिइरहेको छ',श्रेष्ठले भनिन्,‘ढिलो चाँडो जायज माग पुरा नगरेर सरकारलाई सुखै छैन् ।'

जिल्लाका गाउँगाउँबाट सर्वसाधरण आन्दोलनमा एक्येवद्दता जनाएर सदरमुकाम आएको उनले जानकारी दिइन् । तीन साता अघिदेखि शुरु भएको आन्दोलन अझै रोकिएको छैन् । संयुक्त संघर्ष समिति बनाएर चरणवद्ध आन्दोलनमा उत्रिएका जिल्लाबासीले सडक आन्दोलनबाटै अधिकार प्राप्त गर्ने अठोट गरिरहेका छन् ।

‘जनताको मागप्रति सरकार जिम्मेवार नबनेकाले खवरदारीका लागि लाठ्ठी जुलुस निकाल्यौँ',प्रशासन अघि आयोजित कोणसभालाई सम्बोधन गर्दै एमाले नेत्री शान्ता आचार्यले भनिन्,–‘माग पुरा नहुँदासम्म आन्दोलन निरन्तर चल्छ ।' सबै महिलाले हात–हातमा लाठ्ठी लिएर सरकारविरुद्ध नाराजुलुस गरेका थिए ।

यसअघि विभिन्न बजारकेन्द्रहरुमा आन्दोलनका कार्यक्रम भएपनि सोमबारदेखिका कार्यक्रम सदरमुकाम केन्द्रित गरिएको एमाले प्यूठानका अध्यक्ष तुल्सीराम शर्माले जानकारी दिए । बिहीबार जिल्लास्थित बुद्धिजिवि, उद्योगी व्यवसायी, संघसंस्था, कानुन व्यवसायी र साहित्यप्रेमी श्रष्ठाले जुम्रिबजारमा मुखमा कालोपट्टी बाँधेर मौन जुलस गर्ने कार्यक्रम तय भएको उनले बताए ।

संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसद् सचिवालयमा दर्ता भएलगत्तै आन्दोलनमा उत्रिएका जिल्लाबासीले प्रदेश नम्वर पाँचबाट प्यूठान सहित पहाडी जिल्लालाई नटुक्र्याउन माग गरी आन्दोलन गर्दै आएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.