धुर्मुस सुन्तलीको नयाँ योजना सार्वजनिक (भिडियो)

धुर्मुस सुन्तलीको नयाँ योजना सार्वजनिक (भिडियो)

काठमाडौं: सामाजिक काममा सक्रिय हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले नयाँ योजना सार्वजनिक गरेका छन् । एकीकृत बस्ती निर्माण अभियानमा जुटेका धुर्मुस सुन्तलीले तेस्रो बस्ती निर्माण गर्ने घोषणा गरेका हुन् ।

उनीहरुले एक भिडियो सार्वजनिक गर्दै मानवता र सद्भावका लागि सहकार्य गरेर साथ दिन सम्पूर्ण सहयोगीलाई अपिल गरेका छन् । भूकम्पपीडितका लागि दुई एकीकृत नमुना बस्ती निर्माण सम्पन्न गरिसकेको धुर्मुस सुन्तली फाउण्डेशनले बर्दिबास २, महोत्तरीमा एकीकृत नमुना मुसहर बस्ती निर्माण गर्ने घोषणा गरेको हो ।

गत वर्ष सरसफाइका क्रममा धुर्मुस सुन्तली उक्त बस्तीमा पुगेका थिए । चरम गरिबीको चपेटामा रहेका मुसहर तराईको पिछडिएको जाति हो । भूकम्पपीडिलाई पहिलो प्राथमिकतामा राख्दै एकिकृत बस्ती निर्माण गरेका उनीहरुले तराईमा मानवता र सद्भावका लागि काम गर्न लागेको बताएका छन्।

गाँस, बास र कपासको समेत समस्या रहेको मुसहर बस्तीमा आफूहरु पुगेपछि अहिले निकै परिर्वतन देखा परिसकेकाले ५० परिवार मुसहरलाई उपहारस्वरुप घर प्रदान गर्न लागिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए ।।

४ करोड ७८ लाख लगानीमा निर्माण हुने बस्तीका लागि फाउण्डेशनले गिरानचौर एकीकृत नमुना बस्ती निर्माणबाट बचेको एक करोड ३ लाख ६६ हजार ३ सय १ रुपैँया मुसहर बस्ती निर्माणका लागि खर्च गर्ने फाउण्डेसनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले जानकारी दिइन् ।

चैत अन्तिमसम्मा नयाँ बस्ती बनिसक्ने फाउण्डेसनले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.