तत्काल निर्वाचन संभव छैन : प्रमुख निर्वाचन आयुक्त

तत्काल निर्वाचन संभव छैन : प्रमुख निर्वाचन आयुक्त

 

हेटौँडाः प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राजनीतिक सहमति र आवश्यक ऐन, कानुनको अभावमा तत्काल निर्वाचिन संभव नभएको बताएका छन् ।

स्थानीय तह, प्रदेश र संसदीय क्षेत्रको निर्वाचन सबै दलको सहमतिबाट मात्रै सम्भव हुने भन्दै यादवले छिटो सहमति जुटाउन र आवश्यक निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

हेटौँडा उपमहानरपालिका–५ स्थित नवर्निमित जिल्ला निर्वाचन कार्यालय भवन बुधबार उद्घाटन गर्दै उनले आवश्यक ऐन कानुनको अभावमा तत्काल निर्वाचनको कार्यतालिका असम्भव रहेकाले बताएका हुन् ।

प्रमुख आयुक्त यादवले सम्बन्धित ऐन कानुन तत्काल संसद्बाट पारित गरी लालमोहर नलागेसम्म निर्वाचनको मिति घोषणा भए निर्वाचन कठिन हुने बताए ।

संसद अवरुद्ध खुलाइ निर्वाचनसँग सम्बन्धित ऐन कानुन सहितका पूर्वाधार तयार गर्न उनले सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले निर्वाचनका आवश्यक कर्मचारी उपलब्ध गराउन गृहकार्य भइरहेको बताए ।

जिल्ला निर्वाचन अधिकृत गोविन्दप्रसाद पौडेलले सरकारबाट उपलब्ध भएको एक करोड २४ लाख ५४ हजारको लागतमा भवन निर्माण गरिएको जानकारी दिए ।

अहिले जिल्लामा नामावली अद्यावधिक गर्ने कार्य जारी रहेको उनले बताए । नवर्निमित भवन दुई तल्लासहित १३ कोठाको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.