नालीमा युवकको शव भेटियो

नालीमा युवकको शव भेटियो

जनकपुरधामः जनकपुरको पिडारी चोकस्थित सडक छेउको नालीमा शव भेटिएको छ । जनकपुर ढल्केवर सडक खण्डको पिडारीचोकदेखि उत्तर पश्चिम छेउको नालीमा युवकको शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

नालीमा फालिएको शव हसपुर कठपुल्ला गाविस स्थायी घर भएर जनकपुर उपमहानगरपालिका १६ पुलचोक बस्ने २६ बर्षीय मोहमद नुर आलमको रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीले शवलाई नालीबाट निकालेर परीक्षणको लागि जनकपुर अञ्चाल अस्पतालमा लगेको छ । वडा प्रहरी कार्यालय मुजेलियाका अनुसार मंगलबार राति करिब ११ बजे जनकपुरबाट ढल्केवरतर्फ जान लागेको बीआर ३० पी ६६३२ नम्बरको भारतीय नम्बरप्लेटको स्कारपिओ अत्याधिक गतिका कारण दुर्घटना भएको थियो । तर, प्रहरी टोली त्यहाँ पुग्दा अवस्था सामान्य थियो ।

प्रहरीले राति नै दुर्घटना भएको स्कारपिओ आफ्नो नियन्त्रणमा लिएको थियो । बिहान दुर्घटनास्थलकै नालीमा शव भेटेपछि स्कारपिओमै सवार कुनै व्यक्ति भएको वा अन्य व्यक्तिलाई ठक्कर दिएर घाइते भएको अवस्थामा नालीमा फालिएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतक आलम संगै ५, ६ जनाको समूहमा रहेका उनका साथी भाइहरुले मंगलबार रातिसंगै मदिरा सेवन गरेका थिए । मदिरा सेवन गरी अस्पताल चौकको अगाडी पान खाएर निस्केका उनीहरुमध्ये आलमको पिराडी चोकमा दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.