काँग्रेस कोषाध्यक्षको सम्मेलन हुने
काठमाडौँः नेपाली काँग्रेसका कोषाध्यक्षको प्रथम राष्ट्रिय सम्मेलन यही पुस ८ गते हुने भएको छ ।
पार्टी सञ्चालनका लागि लेवीको व्यवस्थालाई थप व्यवस्थित बनाउने, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा हुने गरेका आर्थिक व्यवस्थापनको बारेमा वृहत छलफल गर्ने उद्देश्यका साथ सम्मेलन हुन लागेको हो ।
बुधबार आयोजित पत्रकार सम्मेलन पार्टी कोष निर्माणका लागि सञ्चालन गरिएका चन्दा अभियान, चन्दा दातालाई दिइएको अनुचित दबाब, त्यसको दुरूपयोग र अपारदर्शीताका कारण पार्टी र नेतासमेत बदनाम भएको हुँदा त्यसको निराकरणका लागि पनि सम्मेलनको आयोजना गरिएको सम्मेलनका संयोजक गाविन्द पुडासैनीले बताए ।
उनले काँग्रेसले केन्द्रीय नेतृत्वसँग लाभदायी पदमा बसेका व्यक्तिसँग केन्द्रमै लेबी उठाउने गरेको र जिल्लालाई दिने भनि तोकिएको लेबी समेत जिल्लाबाट प्राप्त गर्न समस्या भएको हुँदा त्यस बरेमा पनि सम्म्लनमा छलफल हुने जानकारी दिए ।
आसन्न स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनमा नेपाली काँग्रेसलाई अझ सशक्त र बलियो बनाउन व्यवस्थित र पारदर्शी कोष निर्माणका लागि यो सम्मेलनले सहयोग परियाउने कांग्रेसले अपेक्षा लिएको छ ।
दुई दिनसम्म राष्ट्रिय सभागृहमा हुने सम्मेलनले काठमाडौँ घाषणापत्रसमेत जारी गर्ने छ । रासस