संविधान संशोधन प्रस्तावको विरोधमा थाल जुलुश

संविधान संशोधन प्रस्तावको विरोधमा थाल जुलुश

कपिलवस्तुः संविधान संशोधन प्रस्तावमा पाँच नम्बर प्रदेशलाई पहाडी जिल्लाबाट अलग्याएको भन्दै विपक्षी राजनैतिक दलका कार्यकर्ताले बुधबार कपिलवस्तुमा विरोध प्रदर्शन गरेका छन् ।

जिल्लाको पुर्व पश्चिम राजमार्गका विभिन्न स्थानमा सयौंको संख्यामा उपस्थित भएका महिलाले थाल ठटाउंदै संविधान संशोधन प्रस्ताव फिर्ता लिन सरकारसँग माग गरेका थिए ।

जिल्लाको चन्द्रौटा, ईमिलिया, गोरुसिंगे, जितपुर, पिपरा लगायतका स्थानमा महिला सडकमा प्रदर्शन गर्दै सरकार विरोधी नारा जुलुश गरेका हुन् ।

नेकपा एमालेका जिल्ला अध्यक्ष झवि पोख्रेलको संयोजनमा जितपुरमा निस्केको महिलाले जुलुश प्रदर्शन गर्दै पिपरामा गएर कोण सभा गरेका थिए ।
संविधान संशोधन प्रस्तावकोविरुद्धमा बन्द हड्तालको सट्टा रचनात्मक ढंगबाट महिलाले सरकारलाई दबाब दिन थाल जुलुश निकालेको आन्दोलनरत महिलाहरुले बताएका छन् ।


थाल जुलुसमा नेकपा एमालेकी पुर्व सभासद् शान्ति देवी हरिजन, सांसद विश्राम थारु लगायतका नेताको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.