चरेससहित विराटनगरबाट भारतीय नागरिक पक्राउ
विराटनगरः तीन किलो लागुपदार्थ चरेससहित भारत कोलकोता बस्ने ३५ वर्षीय शेख रियाजलाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, मोरङले विराटनगर–२१ स्थित भन्सार कार्यालयको ढाट नजिकबाट पैदल गइरहेका अवस्थामा सादा पोसाकमा खटिएका इलाका प्रहरी कार्यालय, विराटनगरका प्रहरी र लागुऔषध ब्युरो विराटनगरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको जनाएको छ ।
रियाजले दुवै खुट्टा र कम्मरको पेटीमा प्लास्टिकले बेरेर चरेस लुकाइराखेका थिए । रासस