तत्काल संविधान संशोधन हुन सक्दैनः कमल थापा

तत्काल संविधान संशोधन हुन सक्दैनः कमल थापा

भक्तपुरः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधन विधेयक प्रस्ताव यथास्थितिमा संशोधन हुन नसक्ने बताएका छन् ।

राप्रपा भक्तपुरको संयोजनमा यहाँ बुधबार आयोजित राप्रपा मध्यमाञ्चलस्तरीय क्षेत्रीय बैठकमा उनले संशोधन प्रस्तावका केही बुँदा राष्ट्रहित विपरीत भएको जनाउँदै त्यसलाई परिमार्जन नगरी संविधान संशोधन गर्नु नहुने बताए ।

अध्यक्ष थापाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सबै माग पूरा गर्न सकिने अवस्था नरहे पनि राष्ट्रियहित अनुकूल हुने विषयमा सहमति गर्न सकिनेमा जोड दिए । उनले संशोधन प्रस्तावमा असन्तुष्ट एमाले र मोर्चाले पनि सहमति जनाउने ढङ्गबाट निकास खोज्नका लागि संसद्मा दर्ता भएको संशोधन विधेयकमा केही परिमार्जन गर्नुपर्ने उनको भनाइ छ ।

वर्तमान सरकारमा थप मन्त्री पठाउने विषयमा पार्टीले ‘पर्ख र हेर’को नीति अङ्गीकार गरेको बताउँदै उनले नेपाली कांग्रेस र माओवादी केन्द्रले राप्रपाप्रति गर्ने व्यवहारले सरकारमा सहभागिताकामा बारेमा तयारी गरिने स्पष्ट पारे ।

कार्यक्रममा राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणाले संविधान संशोधन प्रस्ताव ‘राप्रपासँग छलफल गरेर नआएकाले’ औचित्य र आवश्यकताका आधारमा समर्थन र विरोध गरिने बताए । प्रस्तावमा अङ्गीकृत नागरिकताको व्यवस्थालाई धेरै खुकुलो भएको र जुनसुकै भाषालाई सरकारी कामकाजको भाषा बनाउने सकिनेजस्ता बुँदा राष्ट्रहित विपरीत भएको उनको धारणा छ ।

राप्रपाका केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाहले राप्रपाको आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय महाधिवेशनको कार्यसूची, नीति र विधान परिमार्जनका विषयमा छलफल गर्न क्षेत्रीय भेला आयोजना गरिएको जानकारी दिए ।

भेलामा १९ जिल्लाका राप्रपा र पुरानो राप्रपा नेपालका अध्यक्ष गरी दुई÷दुई जना अध्यक्ष, उपाध्यक्ष, केन्द्रीय पदाधिकारी एवम् सदस्यको सहभागिता छ । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.