गृहमन्त्री निधि र तिब्बत पिपुल्स कंग्रेस अध्यक्षबीच भेटवार्ता

गृहमन्त्री निधि र तिब्बत पिपुल्स कंग्रेस अध्यक्षबीच भेटवार्ता

काठमाडौँः उपप्रधान एवम् गृहमन्त्री बिमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेको चीनको स्वशासित क्षेत्र तिब्बत पिपुल्स कंग्रेस (संसद) का अध्यक्ष बाई मा चिलिन नेतृत्वको प्रतिनिधिमण्डलबीच बिहीबार भेटवार्ता भएको छ ।

गृहमन्त्रालयमा भएको भेटमा निकट भविष्यमा हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण, दुई देशबीचको ऐतिहासिक र सांकृतिक सम्बन्धलगायतका विषयमा कुराकानी भएको छ ।

भेटमा गृहमन्त्री निधिले चीनसँगको सम्बन्धलाई नेपाल सरकारले अत्यन्त महत्व दिएको उल्लेख गर्दै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताए। उनले नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धता पनि जनाएका छन्।

चीनले हासिल गरेको आर्थिक समृद्धि र त्यसबाट सिर्जित अवसरको सदुपयोग गर्ने नेपालको चाहना रहेको मन्त्री निधिले उल्लेख गरे ।

गत वर्षको भूकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउनेतर्फ पहल गर्न मन्त्री निधिले तिब्बत पिपुल्स कंग्रेस (संसद) का अध्यक्ष बाइको ध्यानाकर्षण गराए ।

भेटमा अध्यक्ष बाइले अरनिको राजमार्ग पुनःनिर्माणलाई चीन सरकारले उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाए ।

दुई नेताको भेटमा असल छिमेकीका नाताले नेपालको विकास निर्माणमा चीन सरकारले सदैव सहयोग गर्ने बताएका छन् । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.