तीन दलको सहमतिबेगर समस्या समाधान असम्भवः मन्त्री केसी

तीन दलको सहमतिबेगर समस्या समाधान असम्भवः मन्त्री केसी

वट्टार, नुवाकोटः सहरी विकास मन्त्री तथा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले देशमा विद्यमान समस्या समाधानका लागि तीन मुख्य दलको सहमतिबेगर असम्भव रहेको बताएका छन् ।

संसदका तीन मुख्य दल नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रको सहमतिबाटै देशमा संविधान जारी भएको अवस्थामा गतिरोधको अन्त्य पनि तीन दलको सहमतिबाटै सम्भव रहेको मन्त्री केसीले बताए ।

नुवाकोट आदर्श वहुमुखी क्याम्पसको बिहीबार तेश्रो क्याम्पस सभा तथा प्रथम अधिवेशनको उद्घाटन गर्दै मन्त्री केसीले राष्ट्रिय एकताका लागि तीन मुख्य दलको एकता हुन जरुरी रहेको बताए ।

मन्त्री केसीले संविधान संशोधनका लागि संसदमा दर्ता गरिएको प्रस्ताव छलफल नै गर्न नदिनु अर्को अधिनायकवाद भएको दाबी गरे । उनले संविधान संशोधनको प्रस्ताव पास अथवा फेल जे भएपनि त्यसलाई निर्णयार्थ पेश हुन दिनु पर्ने बताए ।

उनले सरकारले बर्तमान अवस्थामा आवश्यक ठानेर संविधान संशोधनको प्रस्ताव ल्याएको दाबी गर्दै दुई तिहाई बहुमत पुर्‍याएर असफल बनाउन नेकपा एमालेलाई चुनौती दिए । उनले जतिसुकै वादविवाद गरे पनि देशमा संविधानको कार्यान्यन नभए देशमा फेरी अर्को द्वन्द उत्पन्न हुने बताए ।

मन्त्री केसीले संबिधानको कार्यान्वयन हुन नसकेमा देशमा अस्थिरता, अराजकता, विधिविहीन भएर देशमा अर्को द्वन्द बढ्ने खतरा बढेको बताए । मन्त्रि केसीले वर्तमान संविधानको सफल कार्यान्वयन नै सवै दलको सफलता भएको कारण दलहरुले मधेशी दललाई साथमा लिएर सहमतिबाटै संविधान संशोधन गरिने बताए ।

केसीले ६५ वर्षपछि नेपाली जनता आफैंले निर्माण गरेर संविधान कार्यान्वयन हुन नदिन भइरहेको षडयन्त्रसमेत सरकारमा रहेका र नरहेका सबै दलको एकमत हुनु पर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.