भूकम्पपीडितलाई चौधरी फाउन्डेसनका घर

भूकम्पपीडितलाई चौधरी फाउन्डेसनका घर

धादिङः चौधरी फाउन्डेसनले धादिङ जिल्लाका भूकम्प प्रभावितलाई दुई सय ६६ ट्रान्जिसनल होम (सीजी आ श्रय) तथा दुई वटा विद्यालय भवन (सीजी शिक्षालय) हस्तान्तरण गरेको छ । जिल्लाको विकट उत्तरी गाविस बसेरीका नौ वटै वडाका भूकम्प प्रभावितलाई उक्त आ श्रय हस्तान्तरण गरिएको हो । बसेरी गत वैशाख १२ को विनाशकारी भूकम्पबाट अत्यन्त प्रभावित गाविसमध्ये पर्छ ।

‘भूकम्पपछि लामो समय वितिसकेको छ । तर, भूकम्प प्रभावितको समस्या भने उस्तै छ’, चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले भने, ‘भूकम्पमा घर गुमाएकालाई वैकल्पिक बासस्थानको व्यवस्था गर्नु हाम्रो दायित्व हो । चौधरी फाउन्डेसनले त्यही प्रयासलाई जारी राखेको छ ।’

सोमबार बसेरीमा आयोजित आ श्रय हस्तान्तरण समारोहमा धादिङका सहायक प्रमुख जिल्ला अधिकारी राममणि मि श्र तथा फाउन्डेसनका पदाधिकारीले प्रभावितलाई आ श्रय हस्तान्तरण गरे । समारोहमा मन्तव्य राख्दै मि श्रले भूकम्प लगत्तै घरबारबिहीनको पुनस्र्थापनामा अन्य विकल्प नहुँदा चौधरी फाउन्डेसनद्वारा ल्याइएका सिजी आ श्रय अत्यन्तै सकारात्मक र सहयोगी रहेको बताए ।

जिल्लामा भूकम्पपीडितको सहयोगका लागि स्थानीय प्रशासनबाट भएको प्रतिबद्धता स्मरण गर्दै उनले भने, ‘भूकम्पपछि पाल र टहरामुनि बस्नुपर्ने अवस्थाबाट मुक्ति दिन र पीडितलाई तत्काल बसोबास उपलब्ध गराउन फाउन्डेसनले तयार गरेका ट्रान्जिसनल होम बरदान सावित भएका छन् ।’

सोही दिन धादिङको सल्यानटारमा आयोजित अर्को कार्यक्रममा चौधरी फाउन्डेसनद्वारा निर्मित दुई भूकम्पप्रतिरोधी विद्यालय भवन पनि विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको थियो । सल्यानटार-४ स्थित रानीपौंवा उच्च माध्यामिक विद्यालय तथा सल्यानटार-८ स्थित कमलादेवी निम्न माध्यामिक विद्यालयका लागि बनाइएका भवन धादिङका सहायक प्रमुख जिल्ला अधिकारी राममणि मि श्र तथा चौधरी फाउन्डेसनका पदाधिकारीले हस्तान्तरण गरेका थिए ।

भूकम्पप्रभावित विद्यालयको पुनस्र्थापनाका लागि ल्याइएको सीजी शिक्षालय कार्यक्रमअन्तर्गत बनाइएका यी दुवै विद्यालय भवनमा ४० विद्यार्थी अटाउने चार-चार कक्षाकोठा छन् । चौधरी फाउन्डेसनले भूकम्पबाट प्रभावित क्षेत्रमा आ श्रय र विद्यालय पुनर्निर्माण योजना कार्यान्वयनमा ल्याएको थियो ।

शैक्षिक क्षेत्रलाई चौधरी फाउन्डेसनले विगतदेखि नै प्राथमिकतामा राख्दै आएको छ । सीजी आ श्रय एवं शिक्षालय हस्तान्तरण समारोहमा स्थानीय पदाधिकारी, समाजसेवी एवं राजनीतिक दलका प्रतिनिधि पनि उपस्थित थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.