गोदरेजको ‘सप इन सप' विस्तार

गोदरेजको ‘सप इन सप' विस्तार

काठमाडौः गोदरेज ब्रान्डले आफ्ना उत्पादनका लागि ‘सप इन सप' योजना अघि बढाएको छ । त्यही अनुरुप कम्पनीले बिहीबार पहिलो पटक कोटेश्वर पेप्सीकोलामा न्यु म्याक्स डिजिटलबाट योजनाको शुभारम्भ गरेको हो ।

कम्पनीका भारतका लागि हेड एक्सपर्टका साथै सेल्स एक्सपर्ट अभित एम जोशीका अनुसार कम्पनीले आफ्नो सेवालाई ग्राहकमाझ सहज रूपले पुर्‍याउन विस्तार योजना अधि बढाएको हो । ‘सप इन सप' योजना अनुसार कम्पनीले विभिन्न स्थानमा रहेका डिलर तथा पसलभित्र गोदरेजको छुट्टै पसल खाल्नेछ ।

सप विस्तार योजनामा गोदरेजका वासिङ मेसिन, माइक्रो ओभनकालगायतका सामग्री राखिनेछन् । जोशीका अनुसार ‘सप इन सप' गोदरेजको आफ्नो छुट्टै पसल हो । ग्राहकले एउटै पसलमा गोदरेजका सम्पूर्ण सामग्री प्राप्त गर्नेछन् ।

साथै ग्राहकले बिना झन्झट डिलरको भ्रमण गरी सामान खरिद गर्न सक्ने जनाएको छ । यो योजना कम्पनीले आफ्नो ब्रान्डको विस्तारका साथै ग्राहकमैत्री सेवाका लािग सुरु गरेको जोशीले बताए । उनका अनुसार यो योजना काठमाडौंमा पाँच र पोखरा विराटनगरलगायत गरी ३० वटा पसल सञ्चालनमा आउनेछन् ।

विश्वस्तरीय डिजाइन र सुविधा सम्पन्न उत्पादनका लागि प्रख्यात गोदरेजले नेपालमा वासिङ मेसिन, माइक्रो ओभनका साथै विभिन्न सामग्री भिœयाएको छ । कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी गु्रपअन्तर्गतको ईओएल प्रालिले गोदरेजका सामान बिक्री गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.