एनआईसी एसियाद्काे वृक्षारोपण
काठमाडौः एनाईसी एसिया बैंकको उन्नाइसौंं साधारण सभाले वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापी अभियानका रूपमा यस आर्थिक वर्षभित्र सात हजारभन्दा बढी बिरुवा रोपेर वातावरणीय सन्तुलनमा योगदान पुर्याउने अठोट लिएको छ ।
सातौं राष्ट्रिय खेलकुद २०७३ को उद्घाटन कार्यक्रमसँगै मोरङको बैजनाथपुर गाविसअन्तर्गत जिल्ला खेलकुद समितिको स्वामित्वमा रहेको जग्गामा १५ सय बिरुवा रोप्ने सम्झौता अनुसार बिहीबार वृक्षारोपण कार्यको उद्घाटन गरिएको बैंकले जनाएको छ । उद्घाटन कार्यक्रममा विराटनगरमा दुई सय बिरुवा रोप्ने काम सम्पन्न भएको छ ।
बाकी बिरुवा जेठ-अषाढमा रोपिने बैंकका विराटनगर क्लस्टर प्रमुख सन्तोष राठीले बताएका छन् । रोपिएका बिरुवाको तारबार एवं सुरक्षा जिल्ला खेलकुद समितिले गर्नेछ ।