सिनर्जी फाइनान्स र प्रभु क्यापिटलबीच सम्झैता
काठमाडौः सिनर्जी फाइनान्स लिमिटेडले हकप्रद सेयरको सार्वजनिक निस्कासन गर्न प्रभु क्यापिटल लिमिटेडलाई निस्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
आर्थिक वर्ष २०७२/०७३ मा कायम चुक्ता पुँजीको आधारमा १ बराबर ०.२५ को अनुपातमा साविकका सेयरधनीलाई जारी गर्न लागेको प्रतिसेयर सयका दरले हुने ११ लाख ८६ हजार कित्ता हकप्रद सेयर निस्कासन गर्न प्रभुलाई नियुक्त गरेको हो ।
उक्त सम्झौतामा सिनर्जी फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनितमणि उपाध्याय तथा प्रभु क्यापिटलका तर्फबाट महा–प्रबन्धक शंकरप्रसाद कालीकोटेले हस्ताक्षर गरेका छन् ।