पञ्चकन्याले ल्यायो नियो सोलार प्यानल
काठमाडौः पञ्चकन्याले अत्याधुनिक प्रविधिबाट निर्माण गरिएको नियो सोलार प्यानल बजारमा ल्याएको छ । पञ्चकन्या ग्रुपको भगिनी कन्सर्न उज्वल इनर्जी प्रालिले नेपालमा नियोका सोलार प्यानल भिœयाएको हो । घरायसी प्रयोजनका लागि २९० वाट र ३४५ वाटका दुई सोलार प्यानल बजारमा ल्याएको गु्रपले जनाएको छ ।
कम्पनीले नियोका सोलार प्यानल युरोप तथा अमेरिकासहित विश्वका ५० भन्दा बढी देशमा प्रयोग हु“दै आएको जनाएको छ । हाम्रो जस्तो भौगोलिक वनावट र प्रसस्त घाम लाग्ने ठाउँमा यस्ता सोलार अझ बढी उपयोगी हुने बताइएको छ ।
सानो ठाउँ लिने, बढी पावर दिने, मघुर प्रकाशमासमेत चार्ज हुने र कम जोखिमयुक्त यसका विशेषता रहेका छन् । विद्युत् खपतलाई घटाइ लोडसेडिङ अन्त्य गर्न सोलार सहयोगी हुने अपेक्षा गरिएको छ ।