नेसनल लाइफ इन्सुरेन्सको ३० प्रतिशत बोनस
काठमाडौंः नेसनल लाइफ इन्सुरेन्स कम्पनीले आफ्नो सेयरधनीलाई ३० प्रतिशत बोनस दिने भएको छ । कम्पनीको २८ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७१/७२ को चुक्ता पुँजीको ३० प्रतिशत सेयर बोनस र कर प्रयोजनका लागि १.५८ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा बसेको सभामा सिंहले आर्थिक वर्ष २०७१÷७२ मा कम्पनीले तीन अर्ब १७ करोड बिमाशुल्क संकलन गरेको बताएकी छिन् । उनले कम्पनीले ८२ करोड खुद मुनाफा दाबी भुक्तानी गरेको बताइन् ।
कम्पनीको आर्थिक वर्ष २०७१/७२ को अन्त्यसम्म कुल लगानी ११ अर्ब ५५ करोड पुगेको छ भने कम्पनीको बिमा कोषमा ११ अर्ब ९१ करोड पुगेको कम्पनीले जनाएको छ । बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब ६४ करोड पुग्ने जानकारी सिंहले दिइन् ।