लक्ष्मी ग्रुपकाे वार्षिक उत्सवमा सामाजिक कार्य

लक्ष्मी ग्रुपकाे वार्षिक उत्सवमा सामाजिक कार्य

काठमाडौः लक्ष्मी ग्रुपले आफ्नो ४३ औं वार्षिक उत्सवका अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न क्षेत्रमा सहयोग पुर्‍याएको छ । ग्रुपले आफ्नो प्रधान कार्यलय पोखरा र कर्पोरेट कार्यालय काठमाडौंमा ‘रक्तदान जीवनदान' भन्ने मूल नारा साथ रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ ।

त्यसमा पोखरास्थित कार्यालयमा ५० तथा काठमाडौंस्थित कार्यालयमा सय जनाले रत्तदान गरेका छन् । त्यस्तै लक्ष्मी गु्रपको भ्रातृ संस्था लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पुस ३ गते पोखरा जिल्ला प्रहरीलाई २५ थान ड्यास क्याम प्रदान गरेको थियो ।

साथै चोभारस्थित जलविनायक मन्दिर र वरपरका क्षेत्रमा सरसफाइ कार्यक्रम आयोजना गरेको कम्पनीले जनाएको छ । ग्रुपले नेपालमा भएका मस्तिस्क पक्षघातबाट पीडित बालबालिकाको उत्थानमा कार्यरत एसजीसीपी नेपालका बालबालिकालाई स्कुल ब्याग प्रदान गर्नुका साथै विभिन्न खेलको आयोजना गरेको थियो ।

यसका साथै लक्ष्मी ग्रुपका अन्य भ्रातृ संस्था सुजल फुड्स प्रालि, सुजल डेरी प्रालि, जया प्याकेजिङ प्रालि, सुजल प्लास्टिक प्रालि, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि र जय माँ इन्टरकन्टिनेन्टल प्रालिले पनि विभिन्न कार्यक्रम आयोजना गरेको गु्रपले जनाएको छ । ग्रुपले नक्सालस्थित बालमन्दिरका बालबालिकालाई विभिन्न कन्फेक्सनरी उत्पादन वितरणसमेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.