सपोर्ट र एनएमबीबीच सम्झौता
काठमाडौः सपोर्ट माइक्रो फाइनान्स र एनएमबी क्यापिटलबीच सम्झौता भएको छ । माइक्रो फाइनान्सले सर्वसाधारणका लागि छुट्याएको एक लाख ८० हजार कित्ता साधारण सेयरको सार्वजनिक निस्कासन गर्न एनएमबी क्यापिटल लिमिटेडलाई निस्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सम्झौतापत्रमा माइक्रो फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रलाल ढकाल र निस्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् ।
माइक्रो फाइनान्सको हाल अधिकृत पुँजी १५ करोड र जारी पुँजी ६ करोड रहेकोमा संस्थापकबाट चार करोड ८० लाख चुक्ता भइसकेको जनाइएको छ भने सेयर निस्कासनपछि चुक्ता पुँजी ६ करोड पुग्ने संस्थाले जनाएको छ । १० जिल्ला कार्यक्षेत्र रहेको संस्थाले हालसम्म १९ करोडभन्दा बढी कर्जा लगानी गरिसकेको छ ।