एनईपीएसका ईएमभी चिपकार्ड
काठमाडौंः नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम लिमिटेड (एनईपीएस) ले ईएमभी चिपकार्ड जारी गर्ने भएको छ । नेपालका १५ वटा बैंक तथा वित्तीय संस्थाको संयुक्त प्रयासमा सरल, सुलभ, आधुनिक तथा कार्डसम्बन्धी सुरक्षित सेवा प्रदान गर्ने उद्देश्यले एनईपीएसको स्थापना गरिएको हो ।
यस कम्पनीले आफ्ना सहभागी संस्थालाई भिसासँगको सहकार्यमा विभिन्न कार्ड जारी गर्न आवश्यक सबै व्यवस्था मिलाइसकेको जनाएको छ । कम्पनीले हालसम्म सनराइज, जनता बैंक नेपाल, माछापुच्छे, सिटिजन्स बैंक, एनआईसी एसिया, सिद्धार्थ बैंक, बैंक अफ काठमान्डू लुम्बिनी, प्राइम बैंक र काष्ठमन्डप डेभलपमेन्ट बैंक गरी नौ वटा बैंकलाई भिसा कार्डसम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ ।
पीसीआई पिन सेक्युरिटी तथा पीसीआई डीएसएस भर्जन ३.१ प्रमाणित रहेकाले यसबाट सञ्चालन गरिएका कार्ड भरपर्दा र अत्यधिक सुरक्षित हुने कम्पनीको दाबी छ ।