सेञ्चुरी बैंक र बुमबीच सम्झौता
काठमाडौः सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र बुम रेमिटेन्स प्रालिबीच सम्झौता भएको छ । सम्झौता अनुसार बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम सेन्चुरी कमर्सियल बैंकका सबै शाखामार्फत भुक्तानी गरिनेछ ।
साथै बुम रेमिट सफ्टवेयरमार्फत आन्तरिक विप्रेषणको कार्य गर्नेछ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र रेमिटेन्सका तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् । बुम रेमिटका ७५ वटै जिल्लामा चार हजारभन्दा बढी एजेन्ट छन् ।
यसअघि बुम रेमिटेन्स प्रालि सेन्चुरी कमर्सियल बैंकको आधिकारिक प्रतिनिधिसमेत रहेको छ । आन्तरिक सञ्जाललाई तीव्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि सञ्जाल विस्तार गर्दै जाने योजना बनाएको छ ।