‘एमालेले मधेसी र पहाडीया भनेर देशमा विखण्डन ल्याउन खोज्यो’

‘एमालेले मधेसी र पहाडीया भनेर देशमा विखण्डन ल्याउन खोज्यो’

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमालेले मधेसी र पहाडीयाका नाममा देशमा विखण्डन ल्याउन खोजेको आरोप लगाएका छन्।

कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको भेलालाई शुक्रवार उद्घाटन गर्दै सभापति देउवाले मधेसी र पहाडीया भनेर देशमा विखण्डन ल्याउन खोजेको आरोप लगाएका हुन्। देउवाले नेपाललाई एक बनाउन भएपनि एमालेविरुद्ध एकजुट भएर अभियान चलाउनु पर्ने बताए।

उनले भने,‘एमालेले अहिले अनावश्यक काम गरिरहेको छ। सीमांकन र संविधान संशोधनको विरोध गरेर मधेस र पहाडबीच रहेको सम्बन्ध बिगारेर विखण्डन ल्याउन खोजेको छ। त्यसविरुद्ध अभियान चलाउनु पर्ने जरुरी छ।’ देउवाले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव पास हुने डरले एमालेले संसद अबरुद्ध गरिरहेको आरोप पनि लगाए। देउवाले भने,‘एमालेले संसद अबरोध गरेर लोकतन्त्रकै उपहास गर्यो।’ 

देउवाले संविधान संशोधनको विरोधमा बन्द हड्ताल र संसद अबरोध गरेर एमालेले गलत काम गरिरहेको बताए। उनले भने,‘संविधान संशोधनको विरोधमा बाहिर टायर बालेर आन्दोलन गरेर हुँदैन। संसदमै के के खेल खेल्नु पर्छ खेले हुन्छ। सदन अबरोध गर्ने होइन सके संविधान संशोधन प्रस्तावको विपक्षमा बहुमत पुर्याए हुन्छ।’

कार्यक्रममा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेलाई सहमतिमा आउन आग्रह गरे। पौडेलले भने,‘एमालेले आफूलाई यो संविधानको दाबेदार ठान्छ भने उदार भएर सहमतिमा आउनु पर्छ। संसद अबरुद्ध गरेर मात्रै समस्याको समाधान हुँदैन।’

उनले संविधान कार्यान्वयनका लागि प्रमुख तीन दल कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र एकजुट हुनु पर्ने बताए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.