देशभर लोडसेडिङ अन्त्य गर्ने प्रधानमन्त्रीको घोषणा

देशभर लोडसेडिङ अन्त्य गर्ने प्रधानमन्त्रीको घोषणा

गोरखाः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभर लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेका छन् । शुक्रबार गोरखाको दरौदी नदीमा निर्मित ६ मेगावाटको दरौदी ‘ए’ साना जलविद्युत् आयोजनाको उद्घाटन गर्दै प्रचण्डले लोडसेडिङ अन्त्य गर्ने बताएका हुन् ।

‘सरकारले जनताको जीवनमा प्रत्यक्ष अनुभूति हुने गरी काम गरिरहेको छ । काठमाडौंमा लोडसेडिङ अन्त्य गरिएको छ । देशैभरी लोडसेडिङ कसरी अन्त्य गर्न सकिन्छ भनेर हामीले गृहकार्य गरिरहेका छौं, प्रधानमन्त्रीले भने, ‘हामी छिट्टै देशब्यापी लोडसेडिङ अन्त्य गर्ने तयारी गरिरहेका छौं । विश्वास छ, यसमा सरकार सफल हुन्छ ।’

प्रधानमन्त्रीले व्यवस्थापनमा सुधार गर्दा, चुहावट रोक्दा, इमान्दार भएर काम गर्दा अद्भूत परिणाम आएको समेत बताए । उनले भने, ‘ठिक मान्छेलाई ठिक जिम्मेवारी दिँदा र लक्ष्यप्रति निष्ठावान् हुँदा चार महिनामै उपत्यकामा लोडसेडिङ अन्त्य गर्न सकियो ।’

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाको अनुगमन र निरीक्षणमा म आफैं दौडिएको समेत बताए । ‘मेरो निरीक्षणपछि काम रफ्तारमा अघि बढेका छन् । सरकारले समयभन्दा अघि नै गुणस्तरीय काम गर्ने कर्मचारी र आयोजनालाई पुरस्कृत गर्नेछ । हामी सबैले निष्ठावान् भएर काम गरौं, परिणाम राम्रो आउँछ ।’

कार्यक्रममा उर्जामन्त्री जनार्दन शर्माले सरकारले ‘नेपालको पानी, जनताको लगानी’को अवधारणा अघि सारेको जानकारी दिए । ‘प्रधानमन्त्रीको निर्देशन बमोजिम सरकारले उज्यालो नेपालको अभियान चलाइरहेको छ । हामीले प्रविधि र चुहावटमा भएको बेथिति कम गरेर काठमाडौंमा लोडसेडिङ अन्त्य गरेका छौं,’ मन्त्री शर्माले भने ।

उद्घाटनमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले वर्तमान सरकारको क्रियाशिलतामा जनप्रिय काम भएको दाबी गरे । ‘प्रचण्ड नेतृत्वको सरकार जनप्रिय कामका लागि क्रियाशील छ। प्रधानमन्त्रीको निर्देशन बमोजिम उर्जा मन्त्रालयले देशैभरी लोडसेडिङ अन्त्यको प्रयास गरिरहेको छ,’ मन्त्री पाण्डले भने, ‘कालिका ‘ए’ साना जलविद्युत् आयोजनाले सरकारको योजनामा सहयोग गर्ने अपेक्षा गरेका छौं ।’

उद्घाटन कार्यक्रममा भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डे, माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायतले सम्बोधन गरे ।

कालिका पावर कम्पनी लिमिटेडले उत्पादन गरेको दरौदी ‘ए’ साना जलविद्युत् आयोजनाबाट ६ मेगावाट विद्युत् उत्पादन हुनेछ । २०६३ पौष ९ गते विद्युत् उत्पादनका लागि अनुमति पाएको कम्पनीले १ अरब ३० करोड लागतमा आयोजना सम्पन्न गरेको र ग्लोबल आइएममी बैंकले मुख्य लगानी गरेको कालिका पावर कम्पनीका निर्देशक निकोलस पाण्डेले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.