सयभन्दा बढी यात्रु बोकेको विमान अपहरणमा

सयभन्दा बढी यात्रु बोकेको विमान अपहरणमा

एजेन्सी : चालकदलका सात सदस्यसहित ११८ जना यात्रु लिएर उडेको लिबियाको अफ्रिकिया विमान कम्पनीको एयरबस ए ३२० अपहरणमा परेको छ। अपहरणपछि जबर्जस्ती मल्टामा अवतरण गराइएको छ।

अफ्रिकिया विमानसेवाको उक्त विमान विमानलाई सैनिकले घेरा हालेका राखेका छन्। उक्त विमानमा १११ जना यात्रु र ७ जना चालकदलका सदस्यहरु रहेका छन्।केही यात्रुहरुलाई बाहिर निस्कन दिइएको छ। त्यसमा महिला र बालबालिका रहेका छन्।

विमानबाट निस्कन अनुमति पाउनेको संख्या करिब पचासभन्दा बढी रहेको जनाइएको छ।

एकजना व्यक्तिले आफूसँग ह्याण्ड ग्रिनेड रहेको भन्दै विमानलाई जबरजस्ती अवतरण गर्न लगाएका थिए र नगराए विस्फोट गराइदिने धम्की दिएका थिए।
अपहरणकारीले के कस्तो माग राखेका छन् भन्ने बारेमा अझै स्पष्ट भएको छैन।

यसैबीच मल्टाको अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ भने त्यहाँ आउने जाने विमानहरुलाई अन्यत्रै मोडिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.