बोल्न नसक्ने बालिकामाथि सामुहिक बलात्कार

बोल्न नसक्ने बालिकामाथि सामुहिक बलात्कार

जाजरकोटः जाजरकोटमा बोल्न नसक्ने एक बालिका सामुहिक बलात्कारमा परेकी छन्। झाप्रा–१ की १४ वर्षीया बालिका गाउँमै लाग्ने मेलाबाट फर्कनेक्रममा बिहीबार बेलुका बलात्कारमा परेकी हुन्।

बलात्कारको अभियोगमा झाप्रा–२ का २० वर्षीय विश्व थापा र झाप्रा–१ का २२ वर्षीया पदम महरलाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ। तर, पाँच लाख रुपैयाँ दिएर गाउँमै कुरा मिलाउन पिडक पक्षले पीडित बालिकाका बुवालाई दबाब दिइरहेको खुलेको छ।

बलात्कारमा परेकी ति बालिका साथीहरुसँगै मेला गएकी थिइन्। तर, केटाहरुले बोल्न नसक्ने ति किशोरीलाई समातेपछि उनका साथीहरु भागेर जोगिएका थिए। मेला गएकी छोरी रुदै घर आएपछि बलात्कारमा परेको थाहा भएको र तत्काल प्रहरीलाई खवर गरेको बालिकाका बुवाले बताए। भागेका साथीहरुका हुलियाका आधारमा प्रहरीले थापा र महरलाई पक्राउ गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले बताए।

नजिकैको जंगलमा लगेर सुरुमा महरले ति बालिकाको हात समातेर थापाले बलात्कार गरिसकेपछि थापाले हात समातेको र महरले बलात्कार गरेको प्रहरीले बताएको छ। बालिकाको मुख थुनेर पालैपालो बलात्कार गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘किशोरीका कपडा च्यातिएका छन्। घटनाको प्रकृति हेर्दा सामुहिक बलात्कार भएको देखिन्छ,’ प्रहरी निरीक्षक बोहराले भने। किशोरी बोल्न नसक्ने भएकोले घटनाबारे थप अनुसन्धान गर्न गाह्रो भएको प्रहरीले जनाएको छ।

बलात्कृत बालिकाका बाबु पनि कान नसुन्ने भएकोले बोल्न नसक्ने ति बालिकाको संकेत बुझ्न सक्ने उनका साथीहरुलाई सदरमुकाम बोलाएर थप अनुसन्धान गरिने प्रहरी निरीक्षक बोहराले जानकारी दिए। पक्राउ परेका ति दुई जनाविरुद्ध जबरजस्ती करणी अभियोगमा प्रहरीले अदालतमा मुद्दा दायर गर्ने तयारी गरिरहेको प्रहरी निरीक्षक बोहराले बताए। फरक क्षमता भएका (अपाङ्ग) लाई जर्वजस्ती करणी गरे सामान्य भन्दा दोब्बर सजाय हुने कानुनी व्यवस्था छ। बालिकाको स्वास्थ्य परीक्षणबाट पनि उनी बलात्कृत भएको चिकित्सकले पुष्टि गरेका छन्।

पीडितका बुबालाई ५ लाख रुपैयाँ दिन्छौं गाउँमै कुरा मिलाउ भनेर पिडक पक्षले बारम्बार दबाब दिइरहेको महिला विकास कार्यालयकी प्रमुख सकुन्तला आचार्यले बताइन्। उनले पीडित बालिकाका बुबा पनि पैसाको लोभमा घटनालाई कमजोर बनाउन लाग्न सक्छन् भनेर आफुले कार्यालयमै बोलाएर आवश्यक परामर्श गरिरहेको बताइन्। ‘बालिका बोल्न सक्दिनन् न त कुरा बुझ्न सकिन्छ न बुझाउन नै,‘उनले भनिन्,‘यस्तो गम्भीर घटना छ। बाहिर राजनीतिक दलदेखि गाउँका अगुवाहरु मुद्दा मिलाउन भन्दै सक्रिय भइरहेका छन्।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.