विशिष्टलाई १५ लाख मात्रै उपचार खर्च

 विशिष्टलाई १५ लाख मात्रै उपचार खर्च

काठमाडौः मन्त्रिपरिषद्को विधेयक समितिले विशिष्ट व्यक्तिलाई उपचार खर्चका लागि सरकारले १५ लाखसम्म मात्रै दिनसक्ने गरी तयार कार्यविधि पारित गरेको छ ।

सरकारले विशिष्ट व्यक्तिको उपचारका लागि जथाभाबी रकम बाँड्न थालेको भन्दै विवाद बढेपछि नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले कार्यविधि तयार पारेको हो । तर स्वास्थ्यले तयार पारेको कार्यविधि असफल पार्न राजनीतिक दबाब बढेको थियो । दबाब बढेपछि लामो समयदेखि उक्त कार्यविधि मन्त्रिपरिषद्कै विधेयक समितिमा अड्किएको थियो ।

मन्त्रिपरिषद् विधेयक समितिले पारित गरेको कार्यविधिमा भूतपूर्व राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश र उपसभामुखलाई बढीमा १५ लाख रुपैयाँसम्म औषधि उपचार सहायता उपलब्ध गराइनसक्ने उल्लेख छ । त्यस्तै पूर्वउपप्रधानमन्त्री तथा मन्त्री, राज्यमन्त्री, सहायकमन्त्री, सांसद र संवैधानिक निकायका भूतपूर्व पदाधिकारीलाई बढीमा १० लाख रुपैयाँसम्म मात्रै सरकारले दिन पाउनेछ ।

साहित्य, संगीत, कला, राजनीति, सार्वजनिक प्रशासनलगायत सामाजिक र राष्ट्रिय जीवनमा उल्लेख्य योगदान पुर्याएका महत्वपूर्ण व्यक्तिलाई रोगको प्रकृति हेरी बढीमा ५ लाख रुपैयाँसम्म औषधिउपचार सहायता उपलब्ध गराउने व्यवस्था पनि कार्यविधिमा गरिएको छ ।

उपचार खर्चका नाममा भइरहेको राज्यकोष दुरुपयोग नियन्त्रण गर्न स्वास्थ्यमन्त्री गगन थापाको सक्रियतामा बनेको कार्यविधिलाई मन्त्रिपरिषद्को विधेयक समितिले पारित गरेको हो ।

यसअघि मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलेस एनिमिया गरी आठ प्रकारका रोगको उपचारका लागि दिँदै आएको सहायता रकम अबदेखि थप चार रोग कलेजो, अप्लास्टिक इनिमिया, थालिसिमिया, मस्तिष्क आघातको उपचारका लागि पनि दिइनेछ ।

कार्यविधि बमोजिमको औषधिउपचार सहायता माग गर्दा स्वदेशको हकमा बिरामीले रोग खुलेको चिकित्सक प्रेस्क्रिप्सन, नागरिकताको प्रतिलिपि र विदेशमा गई उपचार गराउनुपर्ने भएमा नेपाल मेडिकल बोर्डबाट बिरामीको उपचार स्वदेशमा सम्भव नहुनाको कारणसहितको सिफारिसपत्र संलग्न गरी स्वास्थ्य मन्त्रालयमा निवेदन दिनुपर्नेछ ।

अन्य कुनै निकायबाट बिरामीले औषधिउपचार सहायता पाएनपाएको सम्बन्धमा एकिन भएपछि मात्रै सहायतासम्बन्धी प्रक्रिया अगाडि बढाइनेछ । कुनै पनि व्यक्तिले राज्यबाट दोहोरो सुविधा लिएको पाइएमा सरकारी बाँकीसरह असुलउपर गरिने उल्लेख छ ।

कार्यविधिअनुसारको रकमका लागि औषधिउपचारबापतको सुविधा सरकारी वा गैरनाफामूलक सामुदायिक अस्पतालमा उपचार गराउँदामात्र पाइनेछ । सरकारी, सामुदायिक र स्वदेशी अस्पतालमा उपचार हुन नसकेमा मात्रै विदेशी अस्पतालमा उपचार गराउन पाइने व्यवस्था कार्यविधिमा छ । सरकारी तथा स्वदेशका अस्पतालमा उपचार सम्भव हुँदाहुँदै आफूखुसी विदेशका अस्पतालमा उपचार गराएमा औषधिउपचार सहायता उपलब्ध नगराइने कार्यविधिमा छ ।

सीमाभन्दा बढीको औषधिउपचार सहायता कुनै पनि व्यक्तिलाई दोहोयाएर नदिइने र औषधिउपचार सहायतासम्बन्धी कुनै पनि प्रस्ताव स्वास्थ्य मन्त्रालयमार्फत मात्र मन्त्रिपरिषद्मा पेस गर्नुपर्ने भएको छ । डा. तुलसी गिरीलाई उपचार रकम दिन स्वास्थ्यमन्त्री थापाले असन्तुष्टि जनाएपछि संसद्को अर्थ समितिले कार्यविधि बनाउन निर्देशन दिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.