१२ वर्षपछि चुनवाङ पुगेका प्रचण्ड भावुक बने

१२ वर्षपछि चुनवाङ पुगेका प्रचण्ड भावुक बने

रुकुम: झन्डै १२ वर्षपछि जनयुद्धको उद्गमस्थल चुनवाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एकाएक भावुक बने ।

शनिबार बिहान हेलिकोप्टरमा रुकुम पुगेका प्रचण्डले भावुक हुँदै भने, 'आज चुनवाङ आउँदा म निकै भावुक भएको छु । यहाँ विताएका युद्धकालीन पलहरु मेरो सामुन्नेमा नाचिरहेका छन्'। उनले युद्धमा चुन्बाङबासीले बगाएको रगत खेर नजाने बताए।

रुकुममा युद्ध पर्यटनको विकास गर्ने उदेश्यले थालिएको गुरिल्ला ट्रेलको उद्घाटन गर्न चुनवाङ पुगेका प्रधामन्त्री प्रचण्डले चुन्बाङबाटै ११ दिन हिडेर आफुहरु १२ बुँदे सम्झौता गर्न काठमाडौ पुगेको स्मरण गरे ।

उनले चुन्बाङलाई युद्ध संग्रालयको रुपमा विकास गर्न पर्याप्त बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे। हेलिकोप्टरमार्फत ओर्लेपछि आधा घण्टा समय बिताएका प्रचण्डले यही स्थानमा आफुले भूमिगत रहदाँ पहिलो सार्वजनिक मन्तव्य समेत राखेको स्मरण गर्दै भने, समय मिलाएर बास बस्नेगरी यहाँ आउने छु।

प्रधानमन्त्री प्रचण्डका साथमा माओवादी नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, टोपबहादुर रायमाझी र गणेशमान पुल लगाएका नेताहरु शनिबार चुनवाङ पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.