कञ्चनजंघा चढ्दै महिला

कञ्चनजंघा चढ्दै महिला

काठमाडौः जलवायू परिर्वतन न्यूनीकरणको सन्देश बोकेर बिश्वका तीन अग्गा हिमाल आरोहण अभियान शुरु गरेका नेपाली महिला टोलीले यस बर्ष कञ्चनजंघा हिमाल (८,५८६ मी) को आरोहण गर्ने भएको छ । ‘थ्री वुमेन थ्री टप’ नाम दिएर शुरु गरेको अभियान टोलीले सन् २०१७ अप्रिल र मे महिनामा आरोहण गर्ने अन्तिम तयारी पुरा गरेको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दियो ।

टोलीले सन् २००७ मा सगरमाथा (८,८४८ मी) र २०१४ मा पाकिस्तानको केटु हिमाल (८,६१२ मी) को सफल आरोहण गरिसकेको छ । बढ्दो जनसंख्या र उद्योग कारखानाले वातावरण प्रदुषित भई हिमालमा हिउँ बिल्न थालेकाले यसको संरक्षणमा नेपाली महिलाले बिश्वभर जलवायू परिर्वतनलाई न्यूनीकरण गर्न सन्देश दिने लक्ष्यले हिमाल आरोहण अभियान शुरु गरेको आरोहीदलका सदस्य माया शेर्पाले जानकारी दिइन ।

विदेशी महिलाको तुलनामा नेपाली महिलाले हिमाल आरोहण सक्दैन र सजिलो मानिने सगरमाथा हिमाल मात्र चढ्न सक्ने जस्ता सन्देश विश्वमा पुग्ने गरेकाले यसलाई चिर्न पनि अभियानले सहयोग पुग्ने बताइन । हालसम्म नौ महिलाले मात्र कञ्चनजंगा हिमालको आरोहण गरेका छन् । ‘जुन देशले प्रदुषण उत्पादन गर्छ, त्यो देशले नियन्त्रणको पहल गर्नुपर्छ’ भन्ने सन्देश चुचुरोबाट विश्वभर सम्प्रेषण हुने बिश्वास आरोही महिला टोलीको छ ।

अभियान टोली किलर माउण्टेनको नामले चिनिने केटु हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला टोली बनेको छ । अप्ठ्यारा मानिने कञ्चनजंगा आरोहणमा ५० दिनको यात्रा हुनेछ ।

सेभेन समिट ट्रकिङ्ग एजेन्सीबाट आरोहण गर्ने तयारी गरेको आरोहण टोलीकी सदस्य दावा याङजोम शेर्पाले बताइन । ‘यो हिमाल रियल क्लाइमर (आरोही) ले मात्र आरोहण प्रयास गर्ने भएकाले केही चुनौती पनि छन्,’ उनले भनिन्, ‘बिनासकारी भूकम्प र प्राकृतिक विपत्तिले पर्यटन र आरोहण क्षेत्रमा नकारात्मक असर पुर्याएकाले हिमाल सुरक्षित छ भन्ने सन्देश दिन समेत यो अभियानले सहयोग गर्नेछ ।’

हिमाललाई ‘किलर’ को नाम दिएर प्रचार–प्रसार नगर्दा सगरमाथा र अन्नपुर्णमा मात्र अरोहीका भीड लाग्ने गरेपछि उनीहरुसमेत अन्य हिमाल आरोहण गर्न रुचाउने भएकाले यो नेपाली महिला टोलीको आरोहण अभियानले थप पर्यटन बिकासमा सहयोग पुर्याउने नेपाल पर्वातरोहणसंघका अध्यक्ष आङछिरिङ्ग शेर्पाले बताए ।

सगरमाथा आरोहण पाँच सयभन्दा बढी महिलाले गरिससकेका छन भने कञ्चनजंगामा यो टोलीसहित १२ जना मात्र महिला आरोही पुग्नेछन् । यता टानका बरिष्ठ उपाध्यक्ष टासी लाक्पा शेर्पाले सकारात्मक सन्देश बोकेर आरोहण गर्न लागेको भन्दै महिला टोलीलाई पाँच लाख नगद सहयोग गर्ने प्रतिवद्धता दिए ।
औद्योगिकरणले हिमाल बिल्ने क्रम बढेको आरोहीहरुको भनाई छ । टोलीले आरोहण सफल बनाउन ३६ लाख रुपैयाँ खर्च हुने बताए ।

‘थ्रि उमेन थ्रि टप’ नाम दिई कञ्चनजंगा हिमालको आरोहण तयारीमा रहेको जानकारी दिदै आरोहण दलका माया र दावा याङजोम शेर्पा ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.