फरार अभियुक्त पाँच वर्षपछि पक्राउ

फरार अभियुक्त पाँच वर्षपछि पक्राउ

बैतडीः सरकारी कागज, छाप र दस्तखत किर्ते गरेको आरोपमा एक वर्षको कैद सजाय सुनाइएका फरार अभियुक्त पाँच वर्षपछि पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीले अदालतले एक वर्ष कैद सजाय सुनाएका दशरथचन्द नगरपालिका–६, बक्छानाका ४५ वर्षीय देवी नाथलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो।

प्रहरीको विशेष टोलीले नाथलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए। नाथलाई जिल्ला अदालत बैतडीले २०६८ साल वैशाख १३ गते दोषी ठहर गरी एक वर्ष कैद सजाय तोकेको थियो।

नाथलाई आइतबार जिल्ला अदालतमा पेश गरेपछि कारागार चलान गरिने डिएसपी शर्माले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.