‘ज्ञानेन्द्रको वक्तव्यबारे मन्त्रिपरिषदमा छलफल भएको हो'

‘ज्ञानेन्द्रको वक्तव्यबारे मन्त्रिपरिषदमा छलफल भएको हो'

काठमाडौंः भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहले हालै जारी गरेको प्रेस वक्तव्यलाई लिएर मन्त्रिपरिषद् बैठकमा सचेतनापूर्ण ढंगले छलफल भएको स्पष्ट पारेका छन्।

मन्त्री लेखकले मन्त्रिपरिषदको बैठकमा प्रेस वक्तव्यलाई लिएर कुनै आधिकारिक निर्णय नभएपनि त्यसबारेमा बडो सचेतनापूर्ण रुपमा छलफल भएको बताएका हुन्। उनले भने,‘सरकारले देशको समसामयिक विषयमा छलफल गर्छ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री लेखकले सरकारले संविधान कार्यान्वयनको लागि नै संविधान संशोधन प्रस्ताव ल्याएको बताए। उनले भने,‘संविधानको सर्वस्वीकार्यतालाई फराकिलो बनाउने अनि यसको कार्यान्वयन गर्नको लागि नै सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको हो, मेरो आग्रह छ यो प्रस्ताव राम्रो छ यसलाई पारित गर्नुपर्छ। यदि कसैलाई मन परेको छैन भनेपनि यसलाई फेल गरे भैगयो नि।’

मन्त्री लेखकले उनले संसद अवरुद्ध गरेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राम्रो काम नगरेको आरोप लगाए। उनले भने,‘संसदलाई र यसको अधिकारलाई कसैलेपनि बन्दी बनाउनुहुँदै। संसदभन्दा बाहिर गएर समस्याका समाधान खोजियो भने भने संसदको अधिकार कुण्ठित हुन्छ।’ उनले संसद सर्वोच्च थलो भएकोले संविधान संशोधन प्रस्तावका बारेमा के गर्ने वा नगर्ने भन्ने अधिकार पनि उसलाई नै हुने बताए ।

लेखकले प्रदेशको सीमांकन हेरफेरको प्रस्ताव त एमालेकै प्रस्ताव भएको जिकिर गरे। उनले भने,‘यो प्रस्ताव त तत्कालीन काँग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको प्रस्ताव हो नि, बरु त्यतिवेला माओवादी सहमति थिएन, आज मधेसी मोर्चाले सहमति जनाउने स्थिति छ, तर एमाले किन भाग्न खोज्दैछ ? मलाई आश्चर्य लागेको छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.