संघीय फोरमका तीन नेतालाई ३५ किलोको एउटै माला

संघीय फोरमका तीन नेतालाई ३५ किलोको एउटै माला

विराटनगरः विराटनगरमा शनिबार सुरु भएको संघीय समाजवादी फोरम नेपालको एकता महाधिवेशनमा पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसहितका तीन नेतालाई विराटनगरमा पैतीस केजीको मालाले स्वागत गरिएको छ ।

पार्टीको मोरङ जिल्ला एकता अधिवेशनको उद्घाटन कार्यक्रम सहभागी वरिष्ठ नेता अशोक राई र वरिष्ठ उपाध्यक्ष युवराज कार्कीलाई जिल्ला कार्यसमितिको तर्फबाट जिल्ला अध्यक्ष राजकुमार यादवले ३५ केजीको माला लगाएर स्वागत गरेका हुन् ।

तीनै नेतालाई गला जोड्न लगाई एउटै माला लगाईंदा उपस्थित कार्यकर्ता तथा सहभागीले ताली बजाएर स्वागत गरेका थिए । एकताको सुत्रको सन्देश दिन ठूलो माला बनाएर नेतालाई लगाई दिएको पार्टीका जिल्ला अध्यक्ष यादवले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.