वर्षदिनमै रेल सञ्चालन गाह्रो

वर्षदिनमै रेल सञ्चालन गाह्रो

जनकपुरधाम: आठ वर्षअघि सम्झौता भएको जनकपुर-जयनगर-बर्दिबास ब्रोडगेज रेलमार्ग निर्माणको काम समयमै पूरा नहुने देखिएको छ । भौतिक निर्माण तथा यातायात व्यवस्थामन्त्री रमेश लेखकले एक वर्षभित्र कम्तीमा जयनगरदेखि जनकपुरसम्म रेल चलाउन निर्देशन दिए पनि त्यो व्यावहारिक रूपमा कठिन भएको बताइएको छ ।

१९९४ सालदेखि सञ्चालनमा आएको जनकपुर-जयनगर-बिजलपुरा रेल सेवा अहिले बन्द छ । तीन वर्षअघि भारतीय सीमावर्ती क्षेत्र जयनगरदेखि जनकपुरसम्म ब्रोडगेज रेलमार्ग निर्माणको काम सुरु भए पनि विभिन्न कमजोरीका कारण समयमा नसकिने भएको हो । रेल्वेको काम ढिलो गरि सुरु भएको र वर्षायाम, मधेस आन्दोलनको कारण समयमै लक्ष्य अनुसारको काम हुन नसक्दा सरकारी लक्ष्य अनुरुप आगामी जुन महिनासम्म रेल सञ्चालन गर्न सकिने सम्भावना कमै रहेको प्राविधिकहरुले बताएका छन् ।

भारतको जयनगरदेखि बर्दिबाससम्म ६९ किलोमिटर लिक निर्माण गरी एक वर्ष भित्रै रेल सेवा जनकपुर सम्म सञ्चालन गर्ने योजना रहेको भएपनि नेपाली पक्षको कमि कमजोरीका कारण यी कामहरु समयमा सकिने आशा गर्न गाहे छ ।

रेल्वेको निर्माण कार्यको जिम्मेवारी पाएको नायक ईन्फ्रास्ट्रक्चर लिमिटेड असमका प्रोजेक्ट म्यानेजर आदित्य सेनापतीले जनकपुर नगरक्षेत्रका विभिन्न भागमा हाल सडक निर्माणको कार्य भईरहेको हुनाले सडकमा गाडि गुडाउने र सामानहरु ढुवानी गर्ने अवस्था नरहेको हुंदा काम समयमा सकाउन गाहे भएको बताए । उनले भने, हामीले सामान ढुवानी गर्ने सहज व्यवस्था पायौं भने मात्र काम छिटो अगाडी बढाउन सकिन्छ ।

जयनगरदेखि महुवा सम्मको २७ किलोमिटरमा माटो, ग्राभेल बिछाउनुका साथै पुलपुलेसाको निर्माणको जिम्मेबारी पाएका ठेकेदारले सरोकारबलाहरुले निर्माण सामग्री ढुवानीको बाताबरण नबनाएका कारण एक बर्ष भित्र काम सकिन मन्त्रीले दिएको निर्देशन पालना नहुने जनाएका छन् ।

ब्रोडगेज रेल सञ्चालन गर्ने लक्ष्य अनुरुप सन् २०१७ डिसेम्बरसम्म माटो र रोडा ओछ्याउने सम्मको काम पूरा गर्ने गरी ठेक्का लागेको भएपनि महोत्तरीको बिजलपुरादेखि बर्दिबाससम्म १७ किलोमिटर लिक निर्माणको लागि जग्गा अधिग्रहणकै प्रक्रियामा रहेको हुंदा निर्धारित काम हुन सकेको छैन । जयनगरदेखि इनर्वासम्म तीन किलोमिटर भारतीय भूमिमा माटो पुर्ने, रोडा ओछ्याउने, पुल तथा कल्भर्ट बनाउने जस्ता सबै कामहरु भईसकेको छ ।

इनर्वादेखि जनकपुर, कपिलेश्वर २४ किलोमिटर कामको जिम्मेवारी पाएको भारतीय कम्पनीले ८० प्रतिशत काम गरिसकेको छ भने कपिलेश्वर देखि महोत्तरीको बिजलपुरा, भंगहासम्म २५ किलोमिटरको ठेक्का पाएको नेपाली कम्पनी रमण कन्सट्रक्सनले सुस्त गतिमा काम गरिरहेको हुंदा नेपाली भूभागमा थुप्रै काम बाँकी रहेका छन् । रोडा ओछ्याउने काम भएपछि, फुटाईएका ढुंगा हाल्नुपर्ने, त्यसपछि स्लिपर र लिक निर्माणको काम सकाएर मात्र रेल भित्र्याईने हुनाले यी सबै काम सक्न एक वर्षभन्दा बढि समय लाग्ने जनाईएको छ ।

६९ किलोमिटरको यो रेलमार्ग निर्माणका लागि भारत सरकारले पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ सहयोग गरेको छ । तर, निर्माण कार्य समयमै सकाउनका लागि नेपाली पक्षबाट व्यवस्थीत वातावरण तयार नहुंदा काममा ढिलाई भएको भारतीय अधिकारीहरुको भनाई रहेको छ । रेल सेवा बन्द भएपछि धनुषा, महोत्तरी लगायत सिमावर्ती क्षेत्रका स्थानीयबासी यातायातको सुविधाबाट बञ्चित भएका छन् । बिभागीय मन्त्री लगायत सरोकारबलाहरुले एक बर्षभित्र रेल सञ्चालनमा ल्याउने विषयमा झुठो निर्देशन दिनु भन्दा समयमा काम सम्पन्न गर्नेतिर बाताबरण बनाउन जरुरी देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.