हरिराम र पञ्चमाया उत्कृष्ट क्लाइमर बने
काठमाडौः चौथो राष्ट्रिय लिड क्लाइिम्वङ प्रतियोगिताको उपाधी पुरुष तर्फ हरिराम खड्काले लिएको छ । शुक्रबार ठमेलमा भएको फाइनल प्रतियोगितामा २२ जना प्रतियोगिलाई पछि पार्दै उपाधी हात पारेको छ । यता महिला तर्फ नर्थफेस प्रतिस्पर्धी पञ्चमाया तामाङ्गले उपाधी हात पारेकी छन् । सात प्रतिस्पधीलाई उछिनेर उनले उपाधी चुमिन । उनी २९ प्रतिस्पर्धी मध्ये टप लिने प्रतियोगित बनिन ।
वाल क्लाइम्विङ प्रतियोगितामा दुई बिदेशी सहित २२ जना पुरुष र ७ महिला गरी २९ जनाको सहभागि थिए । अन्तराष्ट्रिय स्पोर्ट क्लाइम्ङि महासंघ र नेपाल पर्वातारोहण संघ (एनएमए) को आयोजना मंसिर ८ र ९ गते ठमेलमा सम्पन्न भएको थियो । नेपाल पर्वातारोहण संघका द्धितिय उपाध्यक्ष एवं खेलकुद बिभाग प्रमुख दिपेश बिक्रम शाह सन् २००७ देखि नेपालमा शुरु भएको प्रतियोगिताले सन् २००८ मा नेपाल ओलम्पीक संघको सदस्य लिइसकेको बताए । उनी २०२० मा जापानमा हुने ओलम्पीकमा क्लाइम्विङले नेपालबाट सहभागिता जनाउने बताए ।
यसरी ओलम्पीक खेलमा छनौट भए पछि नेपालबाट सहभागिता जनाउन दक्ष खेलाडी उत्पादन गर्न प्रतियोगिताले सहयोग पुर्याउने छ । आयोजनाले नयाँ खेलाडी उत्पादन गर्ने र खेलप्रति युवापुस्ताको आकर्षण बढ्ने लक्ष लिएको रेफ्री तथा अन्तराष्ट्रिय माउण्टेन गाइड छिरिङ पाण्डे भोटेले बताए ।
लिड क्लाइम्विङ , बोल्डीङ, स्पीड क्लाइम्विङ गरी तीन प्रकारले गरिने यो खेलमा पुर्वधार अभावले स्पीड क्लाइम्विङ नेपालमा नभएको एनएमएका सदस्य तथा अन्तराष्ट्रिय माउण्टेन गाइड लाक्पा शेर्पाले बताए । प्रतियोगिता वालाजु औद्योगिक विकास क्षेत्र, ठमेल र धम्वाराहीमा गर्दै आएको छ ।
ओलम्पीक कमिटिमा सहभागि पछि सन् २०१८ मा इन्डोनेसियामा हुने एसियन खेलमा क्लाइम्विङले सहभागिता जनाउने छ । सहासिक खेल अन्र्तगत राष्ट्रिय खेलकूद परिषदमा दर्ता भए पनि एनएमएले चौथो पटक यो प्रतियोगितालाई निरन्तरता दिदै आएको छ । बिभाग प्रमुख दिपेश बिक्रम शाह प्रतियोगितालाई ७५ जिल्लामा बिस्तार गर्ने तयारीमा रहेको बताए । यसमा खेलकुद परिषदले खेललाई देशव्यापी वनाउनु पर्ने उनले अनुरोध गरे ।