बिपक्षीदलले संयुक्त आन्दोलनको घोषणा गर्ने
काठमाडौ: संविधान संशोधनको बिपक्षमा रहेका प्रमुख प्रतिपक्ष एमाले लगायतका बिपक्षीदलहरुले आईतवार आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएका छन। उनीहरुले अपरान्ह एमाले संसदीयदलको कार्यालय सिंहदरवारमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनका कार्यक्रमबारे प्रकाश पार्ने एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए।
नेकपा (एमाले), नेकपा (माले), नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी, बहुजन शक्ति पार्टी, नेपाः राष्ट्रिय पार्टी र मधेश समता पार्टी संशोधन प्रसतावको बिपक्षमा आन्दोलनरत छन।
उनीहरुले पुस २२ गते राजधानीमा बिरोधसभा आयोजना गर्ने घोषणा गरेका छन। प्रमुख सचेतक ढकालका अनुसार सो दिनको विरोध सभालाई कसरी प्रभावकारी बनाउने भन्ने बिषयमा जानकारी दिईने छ।