चितवनमा हात्ती महोत्सव हुने

चितवनमा हात्ती महोत्सव हुने

'समाज, संरक्षण र समृद्धि' भन्ने नाराका साथ पुस ११ देखि १५ गतेसम्म चितवनमा १३ औं हात्ती महोत्सव हुने भएको छ । आन्तरिक तथा विदेशी पर्यटन प्रर्र्वद्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र महत्त्वबारे जानकारी गराउने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजक क्षेत्रीय होटेल संघ चितवनले जनाएको छ ।

हात्ती महोत्सवले पछिल्लो समय अन्तर्राष्ट्रिय पर्यटनमा छुट्टै स्थान बनाउन सफल भएको आयोजकको भनाइ छ । कार्यक्रमलाई हात्तीमैत्री बनाउन आयोजक सचेत रहेको मिडिया संयोजक केशव पाण्डेले बताए । महोत्सवमा हात्तीको पिकनिक कार्यक्रमसमेत समावेश छ ।

उनका अनुसार विश्वप्रख्यात हात्तीपोलोलाई महोत्सवमार्फत संस्थागत गर्ने प्रयास गरिएको अयोजकको भनाइ छ । हात्तीदौड प्रतियोगितालाई परिमार्जन गर्दै 'इलिफेन्ट फास्ट वाक' कार्यक्रम गरिनेछ । महोत्सवमा डुंगा, गाडाका विभिन्न गतिविधि एवं हात्तीका छावाबीच रोमाञ्चकारी खेलसमेत हुनेछ ।

यस्तै हात्ती सुन्दरी प्रतियोगितासँगै राष्ट्रिय तथा स्थानीय कलाकारबाट दैनिक सांगीतिक कार्यक्रम गरिनेछ । महोत्सव बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.