साहित्यिक संग्रहालयका लागि ‘काव्य सप्ताह’

साहित्यिक संग्रहालयका लागि ‘काव्य सप्ताह’

काठमाडौः साहित्यिक संग्रहालय निर्माणका लागि राजधानीमा काव्य सप्ताह सुरु भएको छ । कपन बानेश्वर साहित्यिक साप्ताहिकको आयोजनामा सुरु भएको काव्य सप्ताहको उद्घाटन स्वास्थ्यमन्त्री गगन थापाले गरे ।

आफ्नो निर्वाचन क्षेत्रमा साहित्यिक संग्रहालय बन्ने खबरले खुसी बनाएको बताउँदै थापाले साहित्य संरक्षणमा सहयोग गर्ने वचन दिए । ‘यो महान् अभियान हो। यसमा सहयोग गर्न तयार छु’, मन्त्री थापाले भने । मन्त्री थापाले काव्य सप्ताहलाई नयाँ र पुराना साहित्यिक प्रतिभाको जमघटका रूपमा लिनुपर्ने बताए ।

आयोजकले काव्य सप्ताहमार्फत दुई करोड रकम संकलन गरेर संग्रहालय बनाउने योजना बनाएको कार्यक्रम संयोजक गोविन्द घिमिरे ‘वेदमणि’ले बताए । साहित्यकार पूर्णप्रकाश नेपाल ‘यात्री’को करिब आधा रोपनी जग्गा र त्यहाँ रहेको भवन खरिद गरी संग्रहालय स्थापना गर्ने आयोजकको योजना छ ।

वेदमणिले काठमाडौंको उत्तरपूर्वी भेगलाई साहित्यिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने अभिप्रायले संग्रहालय स्थापनाका निम्ति पहल सुरु गरेको बताए ।

सप्ताहको पहिलो दिन डेढ लाख रुपैयाँ उठेको छ । पहिलो दिन डा. रामप्रसाद ज्ञवाली, रमेश शुभेच्छु, मेनका पोखरेल, परशुराम पराजुली ‘परासर’, दिव्य गिरी, अशोक कुँवर ‘नेत्र’ र रचना रचुले कविता वाचन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.