१० हजार मोटरसाइकलसहित विशाल जनप्रदर्शन गर्ने एमालेको तयारी
काठमाडौँ : एमालेले पुस २२ गते १० हजार मोटरसाइकल विशाल जनप्रदर्शन गर्ने भएको छ।
नेकपा (एमाले) ले विपक्षी नौ दलसहित यही पुस २२ गते काठमाडौँमा आयोजना हुने जनप्रदर्शनको तयारीका लागि आफ्ना जनसङ्गठनलाई निर्देशन दिएको छ । काठमाडौंमा दस हजार मोटरसाइकलसहित विशेष प्रदर्शनको तयारी भएको छ।राजधानीका हरेक निर्वाचन क्षेत्रमा एक पचास ठाउँमा कोणसभा गरिने छ।
एमालेको केन्द्रीय कार्यालय, धूम्रबाराहीमा आइतबार पार्टीको प्रचार तथा प्रकाशन विभागले जनसङ्गठनको भेला आयोजना गरेको थियो । सो दिन भृकुटीमण्डपमा सभा गरी संविधान कार्यान्वयनका पक्षमा राष्ट्रिय एकताको समर्थन तथा हाल संसद्मा दर्ता भएको संशोधन प्रस्तावको विरोध गरिने छ।
एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले संशोधनको प्रस्ताव संविधान र राष्ट्रहित विपरीत भएको विचार व्यक्त गर्दै संसद् र सडकमा निरन्तर आवाज उठाउनुपरेको बताए।
अर्का सचिव तथा विभागका प्रमुख योगेश भट्टराईले पुस १५ गतेदेखि २० गतेसम्म पार्टीका गाउँ, नगर, वडा तथा टोलस्तरका कमिटी र जनसङ्गठनका जिल्लाभन्दा तलका सबै कमिटी र सबै जिल्ला तथा क्षेत्रीय सम्पर्क मञ्चका बैठक तथा भेला गरी तयारीका काम गरिएको जानकारी दिए।
विरोधसभाको प्रचारका लागि मोटरसाइकल र्याली र कोणसभा पनि गरिने छ। त्यस्तै (नेकपा (एमाले), नेकपा (माले), नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल जनमुक्ति पार्टी (लोकतान्त्रिक), नेपाः पार्टी, मधेस समता पार्टी र दलित जनजाति पार्टी) का अध्यक्षको हस्ताक्षर भएको अपिल घर÷घरमा पुर्याउने योजना बनाइएको विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए।