डुअल क्यामराका साथ हुवावे जीआर फाइभ सार्वजानिक

डुअल क्यामराका साथ हुवावे जीआर फाइभ सार्वजानिक

काठमाडौः हुवावेले स्मार्टफोनको विश्वव्यापी बजारमा डुअल क्यामराका साथ हुवावे जीआर ५ २०१७ सार्वजनिक गरेको छ । आकर्षक र शक्तिशाली स्मार्टफोन उचित बजेटमा सपिङ गर्न रुचाउने प्राविधिक ट्रेन्डसेटरका लागि लक्षित गर्दै कम्पनीले बजारमा यो फोन सार्वजानक गरेको हो ।

आफ्नो प्रिमियम डिजाइन र अत्याधुनिक प्रविधिका कारण हुवावे जीआर ५ जस्तै नै ह्वावे जीआर ५, २०१७ पनि अधिक मूल्यका ह्यान्डसेटलाई कडा प्रतिस्पर्धा दिन सक्षम हुने कम्पनीले जनाएको छ । बजेटप्रति सचेत हुने प्रयोगकर्ताका लागि यो स्मार्टफोन डिभाइसमा डुअल क्यामरा रहेको छ ।

यसले सबैलाई उत्कृष्ट फोटो खिच्ने डुअल क्यामराको पावर प्रदान गर्नेछ । १२ एमबी र २ एमबी रियर क्यामराले मात्र ०.३ सेकेन्डमा एक साथ अटोफोकस गरेर प्रयोगकर्तालाई डाइनामिक डेप्थ अफ फिल्ड प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यसले फोटोलाई राम्रो स्पष्ट र वाइड–एंगल सट प्रदान गर्नेछ । फोनमा १० लेभलको ब्युटी मोड, अटो मेक अप मोडजस्ता परफेक्ट सेल्फी फिचर रहेको छ । आठ एमपी फ्रन्ट क्यामरामा रहेको फोनमा ३३४० एमएएचको ठूलो ब्याट्री र ह्वावेको आफ्नै इन्टेलिजेन्ट पावर सेभिङ प्रविधि रहेको छ ।

हाइसिल्कन किरण ६६५ अक्टाकोर प्रोसेसर रहेको फोनमा ०.३ को ३६० डिग्री रिडेबिलिटीको फिंगरप्रिन्ट रहेको छ । ५.५ इन्चको फुल हाई डेफिनेसन ठूलो स्क्रिन रहेको छ । यसको बजार मूल्य २९ हजार नौ सय ९९ रहेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.