न्युरोड मोबाइल महोत्सव २०७३ को तयारी पूरा

न्युरोड मोबाइल महोत्सव २०७३ को तयारी पूरा

काठमाडौः पाको, न्युरोड क्षेत्रमा आयोजना हुने न्युरोड मोबाइल महोत्सव २०७३ को तयारी पूरा भएको छ । नेपालकै सम्पूर्ण मोबाइल व्यवसायीलाई समेटिएको नेपाल मोबाइल व्यवसायी संघले यही पुस १३ गतेदेखि पुस १९ गतेसम्म मेला आयोजना गर्दैछ ।

अंग्रेजी नयाँ वर्ष २०१७ को अवसर पारेर नेपालको सबैभन्दा ठूलो र पुरानो मोबाइल केन्द्र पाको, न्युरोड, ताम्राकार कम्प्लेस, पिपुल्स प्लाजालगायत क्षेत्रमा नेपालकै सबैभन्दा ठूलो मोबाइल महोत्सव आयोजना गर्न लागेको हो ।

नेपालीले पनि गुणस्तरीय मोबाइल सेट खरिद गरून् र नठगिउन् भन्ने उद्देश्यका साथ ‘जहाँ मोबाइल बजार त्यहीं मोबाइल महोत्सव’ मूल नाराका साथ मोबाइल महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सवका संयोजक पुरुषोत्तम बस्नेतले यो महोत्सवमा सबै मोबाइल ब्रान्डको सहभागिता रहेको र अंग्रेजी नयाँ वर्षका अवसरमा मोबाइल खरिदकर्तालाई अधिकतम छूट उपलब्ध गराउने बताएका छन् ।

उनले अंग्रेजी नयाँ वर्ष सुरु हुँदै गर्दा आफ्ना नजिकका साथीभाइ तथा परिवारलाई मोबाइल उपहार दिने यो सबैभन्दा उपयुक्त अवसर भएको बताए । मोबाइल महोत्सवका सहसंयोजक आविष्कारलाल श्रेष्ठले न्युरोड मोबाइल महोत्सवमा आउने हरेक ग्राहकलाई हात खाली नजाने उपहार राखिएको बताएका छन् ।

उनले आफूहरू ग्रे मार्केटका कुनै पनि उत्पादन बिक्री नगर्ने र ग्राहकलाई स्तरीय सामानमात्र उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए । महोत्सव अवधिभर स्मार्टफोन खरिदकर्तालाई एनसेलको सिम तथा १०० एमबीको डाटा अफरमा दिनेछ ।

त्यसैगरी ग्राहकले मोबाइल खरिदमा विभिन्न ब्रान्डका स्मार्टफोन दैनिक रूपमा लक्की ड्रमार्फत प्राप्त गर्नेछन् भने अन्य विभिन्न उपहार पनि दैनिक रूपमा वितरण गरिने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.