डाटसनको मेगा डिल
काठमाडौः नेपालका लागि डाटसनको आधिकारिक बिक्रेता पायनियर मोटोकर्प प्रालिले डाटसनको गाडीमा मेगा डिल अफर सुरुआत गरेको छ । हालै ‘एनडीटीभी कार र बाइक अवार्ड २०१७’ मा ‘स्मल कार अफ द एअर’ का रूपमा डाटसन रेडी गो सम्मानित भएको खुसीयालीमा यो अभियान सुरु गरिएको कम्पनीले जनाएको छ ।
नेपालमा डाटसन रेडी गो सुरुदेखि नै आफ्नो खण्डमा विजेताका रूपमा स्थापित रहेको कम्पनीको दाबी छ । आकर्षक बनावट, उत्कृष्ट स्टाइलिङ र बेजोड मूल्यको सम्मि श्रणले यो उत्कृष्ट कारका रूपमा स्थापित भएको छ ।
यस पुरस्कारले डाटसन रेडी गोको गुणस्तरीयता अझै सशक्त रूपमा स्थापित गराउन सफल भएको कम्पनीले जनाएको छ । यस सफलतालाई मनाउन पायनियर मोटोकर्पले मेगा डिल अफरको सुरुआत गरेको हो ।
यस अफरअन्तर्गत प्रत्येक खरिदकर्ताले एउटा उपहार पक्का पाउनेछन् । अफरमा साओमी रिडमी २ प्रो प्रत्येक खरिदकर्तालाई, १० भाग्यशाली विजेतालाई बैंकक भ्रमण र एक भाग्यशाली विजेतालाई डाटसन रेडी गो बम्पर उपहारका रूपमा प्रदान गरिने कम्पनीले जनाएको छ ।
यसका साथै सात वर्षका लागि ५.९९ प्रतिशत ब्याजमा फाइनान्स सुविधा, निःशुल्क सडक कर, फ्रि एस्सेसरिज, तीन वर्ष वारेन्टी र तीन वर्ष निःशुल्क सर्भिसिङ उपलब्ध हुनेछ ।