अर्घाखाँची सिमेन्टको भेटघाट कार्यक्रम
काठमाडौः अर्घाखाँची ओपीसी सिमेन्ट प्रालिले शुक्रबार पोखरामा इन्जिनियरर्स, कन्ट्र्याक्टरर्स र निर्माणकर्मीबीच विशेष भेटघाट कार्यक्रम आयोजना गरेको छ । भूकम्प प्रतिरोधक भवन निर्माण र गुणस्तरीय निर्माण सामग्री छनोट गर्ने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा अर्घाखाँची सिमेन्ट प्रालिका इन्जिनियर विकास भट्टराईले सहभागी सबैलाई भूकम्प प्रतिरोधक भवन निर्माण गर्न र भूकम्पको जोखिमलाई न्यूनीकरण गर्न बलियो घर निर्माणको प्राविधिक जानकारी प्रदान गर्नुका साथै गुणस्तरीय निर्माण सामग्री छनोट गर्ने तरिकाका बारेमा पनि जानकारी प्रदान गरेको कम्पनीले जनाएको छ ।
उक्त विशेष भेटघाट कार्यक्रममा सहभागीलाई कम्पनीका सिनियर सेल्स एन्ड मार्केटिङ म्यानेजर रमेश थापाले आगामी दिनमा अर्घाखाँची सिमेन्टले विशेष बजार नीति अपनाई काम अगाडि बढाउनुका साथै अन्य संगठनमा पनि भूकम्प प्रतिरोधक भवन निर्माणका बारेमा तालिम तथा जानकारी प्रदान गरेका थिए ।