कंगारु एजुकेसन सेलवेज टावरमा
काठमाडौः कंगारु एजुकेसन फाउन्डेसनले पोखराको चिप्लेढुंगास्थित सेलवेज टावरमा आफ्नो क्षेत्रीय हेडक्वार्टर स्थापना गरेको छ । वैदेशिक परामर्श तथा भाषा प्रशिक्षणमा विश्वासिलो तथा अनुभवी कम्पनी कंगारुको उक्त कार्यालयको उद्घाटन शुक्रबार नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले गरेका छन् ।
यस कार्यालयमा रहेको अन्तर्राष्ट्रिय गुणस्तरका काउन्सिलिङ कक्ष, मल्टिमिडिया जडित अत्याधुनिक कक्षा कोठा, पुस्तकालय तथा कम्प्युटर ल्याबले विद्यार्थीलाई सहज रूपमा आयल्स, टोफल्स, स्याट, जीआरई र जिम्याटका तयारी कोर्स गर्नका लागि उपयुक्त वातावरण प्रदान गर्ने कम्पनीका प्रमुख कार्यकारी टीआर काफ्लेले बताएका छन् ।
कंगारु एजुकेसन फाउन्डेसनको पोखरा अफिसले स्थापनाको छोटो समयमै आफूलाई पश्चिमाञ्चल क्षेत्रकै अब्बल कन्सल्टेन्सीका रूपमा उभ्याउन सफल भएको छ । अस्ट्रेलिया, न्युजिल्यान्ड, संयुक्त राज्य अमेरिका तथा युरोप जान चाहने सेवाग्राहीलाई उत्कृष्ट एवं भरपर्दो परामर्श दिने उद्देश्यले आफ्ना कार्यालय पूर्वधार तथा मानव संसाधनमा समयअनुकूल सुधार र विस्तार गर्दै अगाडि बढिरहेको यस संस्थाले सम्बन्धित देशका उच्च मान्यता प्राप्त विश्वबिद्यालय तथा कलेजमा आफ्ना विद्यार्थीलाई भर्ना र भिसाप्रक्रियामा सहजीकरण गर्ने कम्पनीले जनाएको छ ।