कञ्चन बैंकले २५ प्रतिशत बोनस दिने

कञ्चन बैंकले २५ प्रतिशत बोनस दिने

काठमाडौः कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस दिने भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष शिवसिंह कार्कीको अध्यक्षतामा शनिबार सम्पन्न सातौं वार्षिक साधारण सभाले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७२/०७३ को वित्तीय विवरण पारित गरेको बैंकले जनाएको छ । सञ्चालक समितिद्वारा कञ्चन डेभलपमेन्ट बैंकले यस वर्ष कञ्चनपुरको दैजी, बेलडाँडी र बेलौरीमा शाखा सञ्चालनमा ल्याइसकेको जनाएको छ ।

साथै भविष्यमा कैलालीका सुखड, बौनिया, लम्की तथा टीकापुरमा यसै आर्थिक वर्षमा शाखा सञ्चालन हुने जानकारी गराइएको छ । यस जिल्लामा लामो समयसम्म पत्रकारिता क्षेत्रमा कार्यरत पत्रकार स्वर्गीय कर्ण बोहोराकी श्रीमतीको औषधोपचारका लागि सञ्चालक समितिका सदस्यको १ दिनको पारि श्रमिकबापतको १८ हजार दुई सय ७५ र बैंक कर्मचारीका तर्फबाट ३२ हजार सात सय २५ गरी जम्मा ५१ हजार सहयोग गरेको जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.