कुमारी बैंकको हकप्रद सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ
काठमाडौः कुमारी बैंक लिमिटेडले हालको चुक्ता पुँजी ५० प्रतिशत हकप्रद सेयर जारी गर्न सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
कुमारी बैंकका कामु प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाबीच शुक्रबार उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तभित्र वाणिज्य बैंकहरूको चुक्ता पुँजी आठ अर्ब पुर्याउन दिएको निर्देशन पालना गर्न उक्त हकप्रद सेयर जारी गर्न लागेको बैंकले जनाएको छ । साथै उक्त हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी चार अर्ब पाँच करोड पुग्नेछ ।
यसैगरी बैंकले यसअघि नै काष्ठमण्डप डेभलपमेन्ट बैंक, पश्चिमाञ्चल फाइनान्स कम्पनी, महाकाली विकास बैंक र काँक्रेबिहार विकास बैंकलाई प्राप्ति गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । उक्त प्राप्तिपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ३५ करोड र शाखा सञ्जाल ७४ पुग्ने बैंकले जनाएको छ ।