नेबिकोको ट्रेकर्स च्वाइस आटा बिस्कुट
नेबिको प्रालिले ट्रेकर्स च्वाइस आटा बिस्कुटको बिक्री सुरु गरेको छ । विगत ५२ वर्षदेखि बिस्कुट, कन्फेक्सनरी उत्पादन तथा बिक्री गरिरहेको कम्पनीले बदाम, तिल, जौ, ब्रान, आटा र डाइटरी फाइबरको समेत सम्मि श्रण रहेको ट्रेकर्स च्वाइस आटा बिस्कुट बजारमा ल्याएको हो ।
यो प्रोडक्ट उपभोक्ताको मुख्यतः पाचन प्रणालीलाई र पाचन क्रियालाई सहजीकरण होस् भन्ने उद्देश्यका साथ बजारमा ल्याइएको छ । यसबाहेक कम्पनीले मानव स्वास्थ्य अनुकूल हुने नट्स र धेरैथरीका सूक्ष्म पोषक तत्वहरू समावेश गरिएको कम्पनीले जनाएको छ ।
म्याट फिनिसमा प्याकेजिङ गरिएको यो बिस्कुटको नेट वेट ९० ग्राम रहेको छ भने उपभोक्ताको क्रय क्षमतालाई ध्यानमा राख्दै यो बिस्कुट बजारमा २० रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै कम्पनीले आगामी दिनमा विभिन्न प्रकारका पोषण तथा स्वास्थ्यवद्र्धक उत्पादन बजारमा ल्याउने जनाएको छ ।