चिसो सुरु भएसँगै भेडीगोठ बेँंसी झार्न थाले

चिसो सुरु भएसँगै भेडीगोठ बेँंसी झार्न थाले

बेसीसहर लमजुङः हिउँदको चिसो सुरु भएसँगै लमजुङको हिमाली भेगमा राखिएका भेडीगोठ बेँसी झार्न थालिएको छ ।

चिसो बढ्न थालेपछि अहिले भेडीगोठ बस्ती नजिकैका डाँडामा सारिएको हो । पुख्र्यौली चलन र पेसा पहिले भन्दा केही घटेपनि लमजुङमा अझै भेडीगोठ छन् ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष अलि पहिले नै भेडीगोठ बेँसी झारिएको हो । उत्तर–पश्चिम लमजुङका भेडीगोठ लमजुङ, मनाङ र कास्कीको सिमाना लमजुङ हिमालको काख दूधपोखरीस्थित थुर्जुलेकमा राखिन्थे ।

हाल लमजुङको भुजुङ, पसगाउ, सिङ्दी, घनपोखरा, ताघ्रिङ, घलेगाउँ लगायतका गाविसमा भेडीगोठ छन् । जिल्ला पशुसेवा कार्यलय लमजुङका अनुसार ती भेडीगोठमा १० हजारभन्दा बढी भेंडाबाख्रा रहेको अनुमान छ । लमजुङमा भेडीगोठ ६ महिना लेक र ६ महिना बेँंसीमा राख्ने गरिन्छ ।

प्रायः परिवारको कुनै एक सदस्य मात्रै भए पनि भेडीगोठमा बस्ने गर्छन् । भेडीगोठमा बस्दा जुकाले निकै सताउने ताघ्रिङका अमरजङ गुरुङले बताए । लेकमा बस्दा भेडीगोठसँगै भैँसी पनि राखिन्छ ।

लेकमा रहँदा भैँसीेले दिएको दूधबाट प्रशस्त घीउ, मोहीको रोटीलगायतका अन्य दूधको परिकार बनाउने गरिन्छ । हिउँदमा बेँसी झारिएका भेडागोठले खेतबारी मोल्ने काम गरिन्छ । अहिले बस्ती नजिक सारिएको भेडीगोठ पुनः वैशाख जेठदेखि लेकमा फर्काइन्छ ।

परम्परागत भेडीगोठ पछिल्लो समय दुर्लभ हुन पुगे पनि पर्यटकको आर्कषण भने बनिरहेको छ । लमजुङको उत्तरी भागमा रहेका भेडीगोठ हेर्न कै लागि पनि पर्यटक आउने गरेको पर्यटन व्यवसायी बताउँछन् ।

लमजुङका ग्रामीण भेगका बासिन्दाले भेंडापालन व्यवसाय अङ्गाल्दै आए पनि आधुनिक र व्यावसायिक रुप भने पाउन सकेको छैन । प्रशस्त घाँसे मैदानको खर्क हुँदा हुँदै पनि गोठाला र आधुनिक प्रविधिको अभावमा भएका भेडीगोठ पनि बिलाउँदै गएका हुन् ।

भेडापालन कम हुँदै गएकाले लमजुङको उच्च भेगमा रहेको राडीपाखी बुन्ने पेसा पनि विस्तारै सङ्कटमा पर्न थालेको छ ।रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.