ठूला दलका कारण मुलुक संकटमा : कमल थापा

ठूला दलका कारण मुलुक संकटमा : कमल थापा

भक्तपुरः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश सङ्कटको चक्रव्यूहमा फसेको बताएका छन् ।

लायन्स फिटनेस क्लबको सोमबार भक्तपुर नगरपालिका लिबालीमा उद्घाटन गर्दै उनले भने–‘परिवर्तनलाई संस्थागत गर्ने नाममा ठूला दलले गलत नीति लाद्ने काम गरेकाले देशमा अस्थिरता र अराजकता बढ्दै गएको हो ।’

अध्यक्ष थापाले नेपाली जनताले ठूला तीन दलको विकल्प खोजेको अवस्थामा दुई राप्रपाबीच एकीकरण भएको चर्चा गर्दै राप्रपा जनताले रोजेको दल हुने दाबी गरे ।

भूमिसुधारमन्त्री विक्रम पाण्डेले मुलुकको विकास र समृद्धिका लागि नेपाली युवा वर्गलाई सक्रिय बनाएर लैजानुपर्नेमा जोड दिए ।

राप्रपाका केन्द्रीय सदस्य दीनेश श्रेष्ठ, क्लबका अध्यक्ष राजेन्द्र लाखालगायतले युवा वर्गलाई समेटेर राप्रपा अगाडि बढ्नुपर्ने आवश्यकता औल्याए । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.