संविधान संशोधन प्रस्ताब ‘बेमौसमको बाजा’
बेँसीसहर लमजुङः नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनभन्दा पनि कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल लमजुङ शाखाले सोमबार आयोजना गरको पत्रकार भेटमा उनले भने‘सविधान सबैको साझा सम्पत्ति भएकाले यसको कार्यान्वयनमा पनि सबैलाई एकताबद्ध बनाएर लैजानुपर्दछ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता खनालले संविधान संशोधनको प्रस्तावले राष्ट्रलाई हिंसा, झगडा र अशान्तितर्फ धकेलिएको आरोप लगाउँदै संशोधन प्रस्तावलाई ‘बेमौसमको बाजा’को सङ्ज्ञा दिए ।
जसले पनि, जहिले पनि, जे विषयमा पनि संशोधन गर्न खोजेर संविधान संशोधन हुन नसक्ने बताउँदै उनले संशोधन प्रस्ताव फिर्ता लिनुमा नै राष्ट्रको हित हुने धारणा व्यक्त गरे । रासस