मर्कन्टायल प्लाजामा मोबाइल मेला

मर्कन्टायल प्लाजामा मोबाइल मेला

काठमाडौः दरवारमार्गस्थित मर्कन्टायल प्लाजामा क्रिसमस तथा नयाँ वर्षको अवसर पारेर मोबाइल मेला सुरु भएको छ । नयाँ वर्षको अवसर पारेर सीटीभी मोबाइल, द वल्डभिजन मोबाइल, लिंक इलेक्ट्रोनिक्स मोबाइल, सीटीभी केयर र एप्पल वल्र्ड मोबाइलले संयुक्त रूपमा मोबाइल मेला आयोजना गरेका हुन् ।

मेला अवधिभर सबै ब्रान्डका मोबाइल सस्तोमा बिक्रीवितरण तथा एक घन्टामा मोबाइल मर्मत गरिने मोबाइल मेलाका संयोजक तथा एप्पल वल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए । मेलामा एप्पल वल्र्ड मोबाइल र सीटीभी केयरले संयुक्त रूपमा एक घन्टे मोबाइल केयर सेवा पनि सञ्चालनमा ल्याएका छन् ।

साथै मेला अवधिभर मोबाइल एक्सचेन्ज सेवा पनि उपलब्ध हुनेछ । एक हजार दुई सयदेखि एक लाख ३० हजारसम्मका मोबाइल सेट पाइने उक्त मेलामा एसेसिरिजमा ५० प्रतिशतसम्म छुट दिइने संयोजक ग्लाइडरले बताए । क्रिसमसको दिनदेखि सुरु भएको यो मेला १५ दिनसम्म रहने र अन्य बजारमाभन्दा सस्तोमा मोबाइल उपलब्ध गराइने वल्र्डभिजन मोबाइल प्रालिका प्रबन्ध निर्देशक संगम राईले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.